June 16, 2026, Tuesday
२०८३ असार २, मंगलवार
सल्लीबजारमा राप्रपाको नगर स्तरीय भेला सम्पन्न, ७५ वढिले गरे पार्टी प्रवेश

सल्लीबजारमा राप्रपाको नगर स्तरीय भेला सम्पन्न, ७५ वढिले गरे पार्टी प्रवेश

दुर्गा विसि – असोज ०३, सल्यान । राष्ट्रिय प्रजातान्त्र पार्टी बनगाड कुपिण्डे नगर कमिटी सल्यानले नगरपलिका स्तरीय भेला सम्पन्न गरेको छ । बुधबार नगरपालिकाको सल्लीबजारमा भेला सम्पन्न भएको हो ।

भेलालाई राप्रपा केन्द्रीय निर्देशक समिति सदस्य डाक्टर धवल समशेर राना, पूर्व मन्त्री प्रेमवहादुर भण्डारी, कुन्ति शाही, केन्द्रीय कार्य सम्पादन समिति सदस्य हिक्मत बहादुर भण्डारी, प्रदेश कमिटी सदस्य शिला वुढाथोकी ,प्रदेश उपाध्यक्ष दिनेश सिंह ठकुरी, राष्ट्रिय प्रजातान्त्र पार्टीका जिल्ला अध्यक्ष नेत्रला श्रेष्ठ, केन्द्रीय कमिटी सदस्य ॠषिराज देवकोटा लगाएतका वक्ताहरुले सम्वोधन गरेका थिए ।

भेलामा नेकपा एमाले, माओवादी ,नेपाली कांग्रेसबाट थुप्रै स्थानिय कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन । नगरपालिकाको वडा न. १, ५ र ७ एमालेका थुप्रै कार्यकर्ताहरुले राप्रपा प्रवेश गरेको राप्रपा प्रदेश सदस्य वालाराम शर्माले दिए । उनका अनुसार विभिन्न पार्टी बाट ७५ वढीले राप्रपामा प्रवेश गरेका छन ।

भेलामा विभिन्न झाँकी, नित्य प्रस्तुत गरिएको थियोे । कार्यक्रम वोल्ने अधिकांश नेताहरुले गणतन्त्रले जनताको सास निमोठोके आरोप लगाएका थिए । देशमा यतिखेर चर्को कर, भ्रष्टाचार, अनियमितता हावि भएको र गणतन्त्रका नाममा जनतालाई लुटेर आसेपासेलाई पोस्न प्रमुख दलहरु लागीपरेको उनिहरुले दावि गरे ।

नगर अध्यक्ष डिल्ली रानाको सभा अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वालाराम शर्माले गरेका थिए । नव प्रवेशीलाई स्वागत गर्दै नेताहरु धवल, भण्डारी र श्रेष्ठले बनगाडलाइ राप्रपामय वनाउन अह्वान गरेका छन् ।