March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
दुई तिहाईको कम्युनिष्ट सरकार पुर्णतया असफल भैसकेको छ : राजेन्द्र वीर राय

दुई तिहाईको कम्युनिष्ट सरकार पुर्णतया असफल भैसकेको छ : राजेन्द्र वीर राय

राजनितिज्ञ, समाजसेवी तथा राप्रपा केन्द्रीय कार्यसम्पादन समिति सदस्य राजेन्द्र विर राय सँग देशको वर्तमान समसामयिक विषयमा गरिएको कुराकानीको केहि अंश ।)

मुलुकको वर्तमान राजनितिक एवं समसामयिक अवस्थालाई कसरी लिई रहनु भएको छ ?

नेपालको राजनितिक अवस्था अहिले निकै संगी’न मोडमा छ । जनताको भरोसा टुटेको छ भने नयाँ भरोेसा जाग्न सकेको छैन । दुई तिहाईको कम्युनिष्ट सरकार पुर्णतया असफल भैसकेको छ । चुनावमा गरिएका बाचा तिर पुग्नै पर्दैन, कम्युनिष्टहरु ईतिहासमै ब’दनाम र भ्रष्टाचा’री सावित हुदै गएका छन ।

सरकारका काम कारबाहिले नेकपा बदनाम भएको छ । यो कम्युनिष्टको सरकार हो कि काण्डै काण्डको सरकार हो भन्ने बेला आएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका आफ्नै दुखका कथा छन । मुलुकका बिषयमा र प्रतिपक्षिय भुमिका खेल्ने तिर ध्यान जान सकेको छैन ।

जनताले आशा गरेपनी हाम्रो पार्टी राप्रपालाई गत निर्वाचनमा जनताले भरोसा गर्न सकेनन् । अहिले राजनितिक अवस्था अप्ठेरो बाटो पार गरेर सजिलो बाटोमा लरबराएको छ । संबिधान जारी गरेपनी देश जनतालाई सोचेको समृद्धी दिन सकेको छैन ।

विश्व महामारी कोरोना भाईरसले नेपाल लगाएत विश्व जगतको अर्थतन्त्रलाई पारेको प्रभावको यहाँले कस्तो विश्लेषन गर्नु भएको छ ?

कोरोनाले दुनियाको अर्थतन्त्र र मानविय स्वभावमा परिवर्तन ल्याएको छ । शक्तीशाली राष्ट्रहरु अर्थतन्त्र जोगाउन राज्य स्तर बाटै निकै ठुलो मेहेनत गरीरहेका छन । तर नेपालका शाषकहरुले यसलाई भ्रष्टा’चार गर्ने र सरकार टिकाउने माध्याम बनाएका छन ।

मैले सुन्दै छु १२ अर्व रकम खर्च भयो रे । न भेन्टीलेटर थपिए न अस्पताल नयाँ बने तर १२ अर्व केमा खर्च भयो ? त्यो नितान्त भ्रष्टा’चार भएको छ । सरकारमा बस्ने जिम्मेवार मन्त्रीहरु नै भ्रष्टा’चारमा संलग्न भएका छन ।

कोरोनाले देशको अर्थतन्त्र ध्वस्त भएको छ । लाखौं नेपालीले रोजगारी गुमाएका छन । देश विदेशमा रहेका नेपालीहरु यतिवेला ज्यान जोगा’उन नेपाल आएका छन । सरकारकोे रवैयाले न त उनीहरुको भौतिक सु’रक्षा हुनेवाला छ न आर्थिक सु’रक्षा नै छ । भौतिक र आर्थिक सुर’क्षा नभएपछि नेपाली समाजको मथिंगल हल्लीएको छ ।

एकातर्फ जनता कोरोनाका कारण आ’क्रान्त छन, अर्का तर्फ नेपालका मुख्य राजनितिक दलहरुमा भएको खिचातानी र वि’वाद बारे यहाँको धारणा के छ ?

कोरोनाको कारणले लाखौंले रोजगारी गुमाए’का छन । साना ठुला व्यवसाय वन्द भएका छन । राजश्व सुन्यमा झर्न थालेको छ । गाउँ र बस्तीमा बाढि र पहिरोले खतीयोग्य जमिन नष्ट गरेको छ । यस्तो वेला सरकार राजनितिक दलहरु नागरिक सु’रक्षाको लागी एक ठाउँमा आउनु पर्दथ्यो ।

तर उनीहरुको ध्यान नागरिक तिर छैन । राज्य र पार्टीको सत्ता ह’त्याउनमा केन्द्रीत छ । मुख्यगरी ठुला राजनितिक दलहरु जनता प्रति उत्तरदायी छैनन्, आफ्नो पद र मर्यादामा मात्रै खिचातानी गरिरहेका छन । संकटको बेला राजनितिक खिचातानी इतिहासकै क’लंक बन्ने निश्चित छ ।

राजनितिक हस्ती पुर्वप्रधानमन्त्री स्व. सुर्य बहादुर थापाका छोरा सुनिल बहादुर थापा नेपाली कांग्रेस प्रवेश गर्नुको कारण र यहाँको पार्टीले कुन रुपमा लिएको छ ?

हाम्रोे पार्टीले राष्ट्रियता, प्रजातन्त्र र उदारवादलाई मुलमन्त्रको रुपमा अंगीकार गरेको छ । हामी उदारवादका हिमायती उदार खुल्ला राजनितिमा विस्वास गर्दछौं । जसलाई जुन बिचार राम्रो लाग्छ, त्यो अंगीकार गर्न पाउनु पर्दछ ।

प्रत्येक व्यक्तिको राजनितिक स्वतन्त्रता हुन्छ । हाम्रो पार्टीले त्यो स्वतन्त्रता नेता र जनता सबैलाई दिएको छ । जहाँसम्म सुनिल बहादुर थापाजीको कुरा छ , उहाँ नेपाली कांग्रेस प्रवेश गर्नु कुनै ठुलो कुरा होईन किनकी विचारको स्वतन्त्रता छ ।

तर उहाँले कांग्रेस प्रवेश गर्दा भनेका शब्द उहाँ श्रदेय पिताजीलाई अ’पमान गर्ने खालका छन । सुर्य बहादुर थापा उहाँको वुवा हुनुन्थ्यो तर विचारको हिसावले अव उहाँको वुवा रहनु भएन । नाताले वुवा रहे पनि विचारले सुनिल सुर्य बहादुरको छोरा हुनु भएन ।

सुनिल बहादुर थापाको कांग्रेस प्रवेशले राप्रपा कार्यकर्तामा एक प्रकारले निराशा छाएकै हो त ?

राजनितिमा जहिले पनी जस्तोसुकै अवस्थामा पनी आशावादी नजर रहन्छ । आशावादि विचार वोक्ने र राजनितिक स्वतन्त्रता भएका व्यक्तीहरु कहिले पनि निराश हुदैनन् । राप्रपा टुटफु’ट हुदा त कार्यकर्ता निराश थिएनन् भने अहिले निराश हुनुपर्ने कारण छैन ।

देशमा भइरहेको अनि’यमितता, भ्रष्टा’चार, अरा’जकता, नैतिकहि’नता रोक्न अथवा यहाँको पार्टी र यहाँको भुमिका के भैरहेको छ ?

तपाई संसारको जुनसुकै भुमिकामा रहनुहोुस, त्यतिवेला मात्रै सफल हुनुहुन्छ, जतिवेला तपाई सँग नैतिकता हुन्छ । नैतिकवान चरित्रले भ्र’ष्टाचार कहिले गर्दैन । भ्र’ष्टाचार गर्ने राजनितिक व्यक्ति पनि हुदैन, त्यो नैतिक’हिन व्यक्ति हुन्छ ।

केहि पार्टीहरुमा नैतिक’हिन चरित्रहरु थिए, जो अहिले देखिरहेका छन । त्यहि भएर राप्रपाले २०४६ पछि सार्वजनिक पदमा वसेका प्रत्येक व्यक्तिको सम्पती छानविन गर्र्ने मुद्धा उठाएको हो ।

हाम्रो पार्टीका नेता २०४६ पछि मन्त्री देखी प्रधानमन्त्री सम्म बन्नु भयो । उहाँहरु आफ्नो सम्पती स्वतन्त्ररुपमा छानविनका लागी तयार हुनुहुन्छ, तर नेकपा र कांग्रेसका नेताहरुको त्यो साहस छैन । भ्र’ष्टाचार अ’राजकता रोक्ने कानुनी शासन आवस्यक्ता पर्दछ । हामी कानुनी राज्यका पक्षमा छौ ।

लिम्पियाधुरा,कालापानी लिपुलेक नेपालको नक्सामा त गाभियो तर अझ भुमि फिर्ता भएको छैन । यस बारे यहाँको भनाई के छ ?

लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको नक्सामा राख्नु राम्रो कुरा हो । हाम्रो पार्टी र हाम्रो अध्यक्षले यसलाई स्वागत पनि गरिसक्नु भएको छ । तर नक्सामा सामेल गर्दैमा भुमि फिर्ता हुदैन । भारत सँग कु’टनितिक संवाद थाल्नु पर्दछ ।

तर भारतलाई गाली गरेर, उसको सार्वभौमिकता आँच पुर्याएर भमि फिर्ता कदापी हुदैन । वर्तमान सरकारले भारत सँग कु’टनितिक सम्बन्ध राख्नुको सट्टा सरकार टिकाउन गैर कु’टनितिक कुरा गरिरहेको छ । यसले विस्वासको वातावरणलाई नराम्रो सँग प्रभा’वित गरीरहेको छ ।

नेपालमा ९० प्रतिशत हिन्दु छन । हिन्दु राष्ट्रप्रतिको यहाँहरुको विचार सँग आम जनता किन विश्वस्त हुन नसकेका, चेतनाको कमी, स्वार्थीपना अथवा के होला ?

हिन्दु राष्ट्र एउटा राजनितिक नारा होईन । नेपालीको वास्तविक पहिचान र पुस्ता हस्तान्तरणको संस्कृति हो । यसलाई हामिले संवर्धनवाद पनि भन्ने गरेका छौ । यसले नेपाली समाजलाई एकतावद्ध भएर वाँधेको थियो ।

कथित २०६२- ६३ को आन्दोलनमा पनि हिन्दु राष्ट्रविरो’धी कुनै नारा र अभिलेख थिएनन् । कथित आन्दोलन बाट स्थापित भएका केही नेताको चक्रव्यु’हमा हाम्रो धर्म संस्कृति फस्यो । विशेषगरी युरोपियन मुलुक र क्रिस्चियनले कथित नेताहरुलाई प्रभावित गरे । प्रभावित कथित नेताहरुले हाम्रो धर्म संस्कृति मोटो रकममा बेचे । यो कुनै आरोप होईन, विगत १५ बर्षयता सावित भएको तथ्य हो ।

हिन्दु राष्ट्रप्रति जनताको विस्वास नभएको होईन, तर अ’राजक तरिकाले विरोध नभएको पक्कै हो । हिन्दु राष्ट्रको नाममा सडक ज’लेनन् । सार्वजनिक सम्पती न’ष्ट भएनन् । हामी त्यो गर्न चाहदैनौं । हामी जागरण अभियानमा छौं । अहिले ठुला पार्टीका सभा भन्दा हाम्रो जागरण अभियानमा धेरै नागरिक सहभागी हुने गरेका छन ।

वर्तमान केपी ओली सरकारको काम कारवाहिलाई यहाँहरुले कसरी हेरिरहनु भएको छ ? पार्टी भित्रै बाट राजिनामा मागेको अवस्थामा यहाँको पार्टीको स्पष्ट धारण के छ ?

प्रधानमन्त्री एउटा कु’टिल शासक हुन । उनी जनता र नागरिकमा भन्दा गुफामा रमाउने अस्तभोगी हुन । काम भन्दा कुरा धेरै गर्ने तर सं’कट बाट देशलाई कहिले पनि पार नलगाउने, जतिदिन केपी यो मुलुकको कार्यकारी रहन्छन, त्यतिदिन नेपालीका लागी सुखद हुने अवस्था छैन ।

कोरोनाले गाउँ समाज गाँजी सकेको छ तर उनि भद्धा मजाक गरेर बालुवाटारमा रमाईरहेका छन । जहाँसम्म राजिनामाको कुरा छ, त्यो उनिहरुको आन्तरिक मामलाको कुरा हो । केपी ओलीले राजिनामा दिदा देशले केही राहात भने पक्कै पनि महसुुस गर्ने छ ।

यहाँ अहिले राजधानी बाहिर हुनुहुन्छ, अहिलेको विषम परिस्थितीमा पार्टीका कृयाकलापहरु कसरी गरिरहनु भएको छ ?

पार्टी एकता हुनु भन्दा पहिले मलाई पार्टीको सहमहामन्त्रीको नाताले कर्णाली प्रदेशको संयोजकको जिम्मेवारी प्रदान गरेको थियो । राजधानी र पार्टी मुख्यालयमा बसेर राजनितिक बिश्लेषन मात्र गर्ने मेरो बानी छैन । कर्णाली र प्रदेश ५ मा सक्रियरुपमा लागेको छु । गाउँगाउँ पुगेर पार्टीको संगठन विस्तार गरिरहेको छु ।

काठ्मान्डौं भन्दा गाउँ र बस्ती मै जान पार्टी र अध्यक्षको निर्देशन पनि छ । पार्टी विस्तारको कार्य काठ्मान्डौ भण्दा गाउँमा .बढी आवश्यक भएको मेरो ठम्याई छ ।

(लोकतन्त्र नेपाल म्यागजिन बाट सा’भार ।)

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज