सल्यानमा राप्रपा र राप्रपा ( संयुक्त ) बिच समायोजन सम्पन्न
मंसिर ११, सल्यान । सल्यानमा राष्ट्रिय प्रजातन्त्र पार्टी सल्यान र राष्ट्रिय प्रजातन्त्र पार्टी ( संयुक्त ) सल्यान बिच समायोजन कार्यक्रम सम्पन्न भएको छ ।
बिहिबार बनगाड कुपिन्डे नगरपालिकाको ढोरपिपलमा राप्रपा पूर्व सह–महामन्त्री तथा हाल केन्द्रिय कार्य सम्पादन समिति सदस्य राजेन्द्रबीर राय, केन्द्रिय सदस्य अनुबम सिंह श्रेष्ठ, प्रदेश सदस्यहरुः बालाराम घर्ति, रत्नलाल भण्डारी, धनबहादुर वली ‘सौरव’ लगायत नेताहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
समायोजन कार्यक्रम बाट राष्ट्रिय प्रजातन्त्र पार्टी सल्यानको जिल्ला अध्यक्षमा नेत्रलाल श्रेष्ठलाई सर्वसम्मत मनोनित गरिएको छ भने बाँकी पदाधिकारीहरु राप्रपाको बिधान अनुसार जिल्ला अध्यक्षले भविष्यमा चयन गर्ने बताईएको छ ।
हाललाई दुवै पार्टीका पूर्व कमिटीमा रहेका सदस्यहरु रहने गरि ६१ सदस्यीय जिल्ला कार्य समिती गठन गरेको र बिभिन्न समयमा बिभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेश गरेका शिवबहादुर वली, उमलाल विक र नरेन्द्र महर्जनलाई जिल्ला कार्य समितिमा मनोनयन गरेको पार्टीले जनाएको छ ।
त्यस्तै समयोजन कार्यक्रमका क्रममा विभिन्न पार्टी परित्याग गरेर २२ जना स्थानिय युवा तथा कार्यकर्ताले राप्रपामा प्रवेश गरेका छन ।
नवप्रवेशीहरुलाई राप्रपा पूर्व सह–महामन्त्री तथा हाल केन्द्रिय कार्य सम्पादन समिति सदस्य राजेन्द्रबीर रायले सदस्यता प्रदान गर्नुृ भएको थियो भने केन्द्रिय सदस्य अनुबम सिंह श्रेष्ठ, प्रदेश सदस्यहरु बालाराम घर्ति, रत्नलाल भण्डारी, धनबहादुर वली सौरव, जिल्ला अध्यक्ष नेत्रलाल श्रेष्ठ, राप्रपा संयुक्तका पूर्व अध्यक्ष चन्द्रबहादुर वली लगायतले अविरआवरवण सहित स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रायले हिन्दु राष्ट, संवैधानीक राजतन्त्रको लागी सवै जुट्नुपर्ने वेला भएको बताउनु भयो । राप्रपा कुनै विदेशीबादमा नभैई देशको माटो सुहाउदो बादमा अघि बढ्ने पार्टी भएको अन्य नेताहरुले जोड दिनुभयो ।
सदरमुकाममा गर्ने भनेको कार्यक्रम कोरोना महामारीले गर्दा खलंगामा लगार्ईएको शिलले गर्दा ढोरपिपलमा सारिएको पार्टीले बताएको छ ।
बेल्धर बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष प्रदिप थापा, सचिव नारायन शर्मा, सहसचिव हिरालाल विष्ट,जिल्ला सदस्यहरु आनन्दसिंह बुढा, कर्णबहादुर सुनार, विरेन्द्र भडेल र क्षेत्रिय अध्यक्ष श्यामकृष्ण बोहोराको पनि उपस्थिति रहरको थियो ।
शिवबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन बालाराम शर्माले गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस्