October 14, 2026, Wednesday
२०८३ आश्विन २८, बुधबार
बनगाड कुपिन्डेमा राप्रपाको प्रशिक्षण सम्पन्न, विभिन्न पार्टीबाट ३५ जना राप्रपामा प्रवेश

बनगाड कुपिन्डेमा राप्रपाको प्रशिक्षण सम्पन्न, विभिन्न पार्टीबाट ३५ जना राप्रपामा प्रवेश

असोज ४, सल्यान । सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा राप्रपा सल्यानको नगरस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार, नगर अध्यक्ष डिल्ली राणाको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

प्रशिक्षण कार्यक्रमलाई राप्रपा केन्द्रिय कार्य सम्पादन समिती सदस्य राजेन्द्र वीर राय, पुर्व सांसद तथा जिल्ला सभापति नेत्रलाल श्रेष्ठ, केन्द्रीय सदस्य अनुबम सिंह श्रेष्ठ, प्रदेश सदस्य बालाराम शर्मा र लिला बुढाथोकी लगायत नेताहरुले सम्बोधन गरेका थिए ।

नेताहरूले राष्ट्रिय एकता र राष्ट्रियताको रक्षाको लागि नेपालमा संबैधानिक राजतन्त्र र धर्म संस्कृतिको रक्षार्थ हिन्दु राष्ट्र नेपाल आजको आवस्यकता भएको मा जोड दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर ३५ जना स्थानिय नेता कार्यकर्ताहरू राप्रपामा प्रवेश गरेको एक नेताले बताए ।

त्यस्तै शनिबार नै राप्रपाले कोरोनामुक्त सल्यान अभियान अन्तरगत देवस्थलको प्रभाकर माबिको क्वारेन्टाइनमा बसेका ३५ जना र अर्को क्वारेन्टाइनमा बसेका ११ जनालाई मास्क बितरण गरेको बताईएको छ । क्वारेन्टाइनमा बसेकाको आत्मबल बढाउन उनिहरुलाई परामर्श तथा मास्क र केही खानेकुरा बितरण गरेको ती नेताले बताए ।

राप्रपाले कोरोनामुक्त अभियान अन्तर्गत विभिन्न ठाउँमा सडक निर्माण कार्यमा खटिएका सडक मजदुरहरुलाई पनि मास्क बितरण गरेको बताएको छ ।