अघिल्लो निर्वाचनमा उम्मेदवार समेत नपाएको शिवरथमा राप्रपाको भब्य कार्यक्रम, धेरैले गरे प्रवेश
भदौ ०५, सल्यान । सल्यानको बागचौर नगरपालिका ०५ शिवरथमा अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट वडाध्यक्षको उम्मेदवार समेत उठाउन नसकेको राप्रपाले यसपटक सोही वडामा भब्य कार्यक्रम सम्पन्न गरेको छ ।
पार्टीको जिल्ला अधिबेशन सम्पन्न गरेपछि निकट भबिष्यमा हुने स्थानिय तह निर्बाचनलाई केन्द्रबिन्दुमा राखेर पार्टी सङ्गठनलाई सुदृढ र सबल बनाउन अभियानमा जुटेको राप्रपाले शनिबार जिल्लाको बागचौर नगरपालिका ०५ शिवरथमा भब्य कार्यक्रम सम्पन्न गरेको हो ।

शनिबार वडा नं ०५ को बयलडाँडामा भएको उक्त कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रबेश गर्नेको लहर लागेको नेताहरूले बताएका छन ।
नव प्रवेशीहरूलाई सदस्यता सहित स्वागत गर्दै पूर्ब सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टी सल्यानका अध्यक्ष नेत्र लाल श्रेष्ठले सतीको श्राप परेको देश भनी बदनाम भई देशमा अपराध र असत्यको राज भएकोले त्यसमाथि बिजय प्राप्त गरि देशमा शान्ति र अमन कायम गर्दै नेपाल र नेपालीको अस्मिता माथि भैरहेको खेलबाड्लाई पाखा लगाएर हसिलो र रसिलो अनि स्वाभिमान र गौरबपूर्ण सामाजिक एकता र सदभावले भरिएको समृध्द नेपालको निर्माण गर्न आफुहरू ज्यानको बाजी लगाएर मैदानमा उत्रिनु परेको बताए ।

त्यस्तै बिगतको स्थानीय निर्बाचनमा उक्त वडामा लड्ने उमेदवार सम्म नपाएको अवस्थामा एकै पटक धेरै स्थानिय भद्र महिला तथा सज्जन ब्यक्तिहरु प्रबेश गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको हौसला बढेको उनको भनाइ छ ।
त्यस्तै कार्यक्रममा राप्रपा प्रदेश सदस्य शिला बुढाथोकीले समाजमा फैलिएको राजनैतिक र सामाजिक दुर्गन्ध हटाई सुन्दर नेपाल बनाउन नब प्रबेशी साथीहरुको अहम भूमिका हुने बताइन् ।
कार्यक्रममा प्रदेश सदस्य बालाराम शर्मा , प्रशिक्षण प्रमुख नरेन्द्र महर्जन ,सचिब नारायण शर्मा , प्रबक्ता बिमर्श प्रधान , युबा मोर्चाका अध्यक्ष अन्जित श्रेष्ठ , क्षत्रिय अध्यक्षहरु शिब बहादुर वली , श्याम कृष्ण बोहरा , सामाजिक अभियन्ता स्वजना प्रधान कोषाध्यक्ष अमर गीरी लगायतका नेताहरुले राज संस्था र नेपालको पहिचान हिन्दु धर्मलाई पाखा लगाएकोले आज देशका हरेक कुना र कन्दरामा ब्यथिती र अनियमितता मौलाएको , भ्रष्टाचारले जडा गाडेको र बिदेशी ऋणमा देश चुर्लूम्म डुबेको बताए ।

राप्रपा बागचौर अध्यक्ष प्रमोद डाँगीको अध्यक्षतामा सुरुभएको उक्त समारोहमा एच के चन्दले स्वागत मन्तब्य मार्फत स्वागत गरेको बताइएको छ ।







प्रतिकृया दिनुहोस्