काँग्रेस सल्यान अधिबेशन : यि हुन्, बिष्ट प्यानलका सम्भावित पदाधिकारीहरु
साउन १४, सल्यान । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिबेशनमा नजिकिदै गर्दा सल्यानमा पनि महाधिबेशनको सरगर्मि बढेको छ । १४ औं महाधिबेशन अन्तरगत सल्यान जिल्लाको नेतृत्वको लागि बिभिन्न नेताहरुले आकांक्षा देखाएका छन भने उनिहरु प्यानल बनाएरै नेतृत्वको लागि निर्वाचनमा होमिने तयारी गरेका छन ।
सल्यानमा कांग्रेसको आगामी नेतृत्वको लागी नेताहरु ध्रुवराज पुरी, केशबहादुर बिष्ट, मान बहादुर डाँगी, एकराज डिसी, महेश मल्ल, सन्तोष केसी, निमबहादुर वली लगाएतको दावि रहेपनि केसी र वलीले केश बहादुर बिष्टलाई समर्थन गर्ने बताएका छन ।
केसी र वलीले पनि बिष्टलाई समर्थन गरेपछि पूर्व मन्त्री राजेन्द्र बहादुर शाहले समर्थन गरेका समुह बाट बिष्ट एक्ला उम्मेद्वार भएका छन भने पूर्व केन्द्रय सदस्य डिल्ली रेग्मीले समर्थन गरेको समुह बाट हालसम्म धुर्वराज पुरी, मान बहादुर डाँगी र एकराज डिसी जिल्ला सभापतिको दौडमा छन ।
दुवै समुहले छलफल र भेटघाटलाई सघन बनाएका छन । यसैबिच पूर्व मन्त्री राजेन्द्र बहादुर शाहले समर्थन गरेको केशबहादुर बिष्ट पक्षले आफ्नो प्यानलको सम्भाबित जिल्ला कमिटीका पदाधिकारी र क्षेत्रिय सभापतिको नामावली सार्वजनिक गरेको छ ।
बुधबार सल्यान खलंगामा भएको पत्रकार सम्मेलनमा पत्रकारहरुले राखेको जिज्ञासामा नेताहरुले जिल्ला कमिटीका संभावित पदाधिकारीहरु बारे जानकारी गराएका हुन । उनिहरुका अनुसार उक्त प्यानलबाट २ जना उपसभापति मध्ये एकजना सन्तोष केसी रहनेछन भने अर्काे उपसभापति गोपाल बुढाथोकी रहनेछन । यद्दपि सन्तोष केसी महाधिबेशन प्रतिनिधि पनि हुनसक्ने भएकाले अर्काे समुहबाट कोहि राम्रो मान्छे आए उपसभातिमा लचिलो हुन सक्ने उनिहरुले बताए ।
त्यस्तै उक्त प्यानलबाट सचिबमा रामचन्द्र केसी र डिल्लीप्रसाद जैसीको करिवकरिव फिक्स भएको उनिहरुको भनाई छ भने सहसचिबमा बुद्धिप्रकाश हमाल र खिम बहादुर रावतको अधिक सम्भावना रहेको छ । त्यस्तै पदाधिकारीमा पुरुषोत्तम आचार्य र हेमेन्द्र बाबु सेजवालको पनि चर्चा रहेको छ ।
त्यसैगरी पार्टीको प्रदेश सभा क्षेत्र नं (क) को सभापतिमा गोरख केसीको तयारी रहेको छ भने (ख) का सभापति सन्तोष केसीले जिल्ला पदाधिकारी वा महाधिवेशन प्रतिनिधिमा रुची देखाएपछि अर्काे पक्षको अवस्था हेरेर क्षेत्रिय सभापतिको उम्मेद्वार तय गरिने बताईएको छ ।
यद्दपि साउन १२ गते बाट सुरु हुने भनेको कांग्रेसको स्थानिय अधिबेशन अर्काे तालिका नआउदा सम्मको लागि स्थगित भएको छ भने भदौ १६–१९ का लागि तय गरिएको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि त्यसको संशोधनका लागि काँग्रेसमा छलफल चलिरहेको छ ।
साउन ८ गतेयता जारी पदाधिकारी बैठकमा महाधिवेशन सम्पन्न गर्ने तरिका र विकल्पबारे छलफल भइरहेको छ ।
प्रतिकृया दिनुहोस्