March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
कांग्रेस सल्यान अधिबेशन : सर्वाधिक लोकप्रिय मत सहित प्रकाश भण्डारी विजयी

कांग्रेस सल्यान अधिबेशन : सर्वाधिक लोकप्रिय मत सहित प्रकाश भण्डारी विजयी

मंसिर ७, सल्यान । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनको लागि सल्यानमा भएको चुनावी प्रतिस्पर्धामा जिल्ला सचिव पदमा सर्वाधिक लोकप्रिय मत सहित प्रकाश भण्डारी विजयी भएका छन ।

कुल १२३५ मत मध्ये भण्डारीले ७०३ मत पाएका हुन । भण्डारीले पाएको उक्त मत निर्वाचनमा अन्य उम्मेदवारको तुलनामा सर्वाधिक धेरै हो ।

त्यस्तै भण्डारी पछि दोस्रो सर्वाधिक मत पाउनेमा सहसचिव जनकराज गौतम रहेका छन । उनले निर्वाचनमा ६३४ मत पाएका छन भने कुल ६२० मत सहित उपसभापति सन्तोष केसीले तेस्रो सर्वाधिक लोकप्रिय मत पाएका छन । सचिवमा भण्डारी सँगै एकराज बुढाथोकी पनि निर्वाचित भएका छन ।