February 7, 2025, Friday
२०८१ माघ २६, शनिबार
सल्यानमा कांग्रेस वडा अधिवेशनको तयारी पुरा, ४ हजार बढी सदस्य निर्वाचनमा सहभागी हुदै

सल्यानमा कांग्रेस वडा अधिवेशनको तयारी पुरा, ४ हजार बढी सदस्य निर्वाचनमा सहभागी हुदै

भदौ २०, सल्यान । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सल्यानमा भदौ २१ गते हुने तय भएको नेपाली कांग्रेसको वडा तहको अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ । सोमबार तय गरिएको वडा अधिबेशनको सम्पुर्ण तयारी पुरा भएको नेपाली कांग्रेसको जिल्ला निर्वाचन अधिकृत शुशिल श्रेष्ठले बताए ।

१४औँ महाधिवेशनअन्तर्गत भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु भएपनि सल्यान ८३ वटा वडामा सोमबार अधिवेशन हुने तय गरिएको छ । सोमबार बिहान ८ बजे देखी अपरान्ह ५ बजेसम्म निर्वाचनको माद्यामबाट अधिवेशन सम्पन्न गरिने जिल्ला निर्वाचन अधिकृत श्रेष्ठले बताए ।

नेपाली काँग्रेसको आगामी नेतृत्व चयनको लागी महत्वपूर्ण मानिएको १४औँ महाधिवेशनअन्तर्गत सल्यानमा भदौ २१ गते हुने तय भएको वडा तहको अधिवेशनका ४ हजार २ सय १५ जना क्रियाशिल सदस्यहरु मतदान गर्दैछन ।

वडा तहको अधिवेशनको लागी जिल्लाको शारदा नगरपालिका बाट ७५८, बाचौर नगरपालिकामा ८९६, बनगाड कुपिन्डे नगरपालिकामा २९१, कपुरकोट गाउँपालिकामा ४०१, छत्रेश्वरी गाउँपालिकामा ४३६, त्रिवेणी गाउँपालिकामा ३२९, कालिमाटी गाउँपालिकामा ३११, सिद्धकुमाख गाउँपालिकामा १९५, कुमाख गाउँपालिकामा ३३४ र दार्मा गाउँपालिकामा ३११ जना क्रियाशिल सदस्य अधिवेशनमा सहभागी हुने कांग्रेस सल्यानका सचिव प्रकाश भण्डारीले बताए ।

कांग्रेसले ७५३ वटै स्थानीय तहको अधिवेशन भदौ २७ गते गर्ने निर्वाचन तालिका सार्वजनिक गरेको छ । त्यसअघिसम्म ७७ वटै जिल्लाका सबै वडाको अधिवेशन सक्ने गरी काम गर्न निर्वाचन समितिले पार्टीको ध्यानाकर्षण गराउँदै आएको छ ।

करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँरनगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन् । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने छन् ।

मुलुकभरका सबै छ हजार ७४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार २०१ पदाधिकारी र सदस्य एक लाख २१ हजार ६८१ निर्वाचित हुनेछन । यसबाहेक मनोनित हुनेको सङ्ख्या थप रहेको छ । त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार ५७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने छन् ।

महाधिवेशनअन्तर्गत गाउँरनगर वडा अधिवेशन आज भदौ १८, गाउँरनगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ । यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १०, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज