May 27, 2026, Wednesday
२०८३ जेष्ठ १३, बुधबार
प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेस पदाधिकारी बैठकको निर्णय

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेस पदाधिकारी बैठकको निर्णय

वैशाख २, काठ्माण्डौ । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले ओलीलाई विश्वासको मत नदिने र ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने बैठकले निर्णय गरेको काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले रातोपाटीलाई बताए ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन् ।