May 23, 2025, Friday
२०८२ जेष्ठ १०, शुक्रबार
सल्यानको कपुरकोटमा “जनतासँग काँग्रेस” कार्यक्रम सञ्चालन, ८ सय ३० जनाको स्वास्थ्य परिक्षण

सल्यानको कपुरकोटमा “जनतासँग काँग्रेस” कार्यक्रम सञ्चालन, ८ सय ३० जनाको स्वास्थ्य परिक्षण

बैशाख २५, सल्यान । नेपाली काँग्रेसले सल्यानको कपुरकोट गाउँपालिकामा जनतासँग काँग्रेस कार्यक्रम सञ्चालन गरेको छ ।

नेपाली काँग्रेस कपुरकोट गाउँपालिका कार्यसमितिले गाउँपालिको ६ वटै वडामा कार्यक्रम गरेको हो ।

कोरोनाको महामारीमा आफ्ना जनतालाई कोरोनाबाट बचाउन भन्दै स्वास्थ्यकर्मी चन्द्रकमल वली र खेमराज विक को सहभागितामा निःशुल्क स्वास्थ्य शिबिर सहित जनतासँग कांग्रेस कार्यक्रम गरिएको काँग्रेसका पूर्ब क्षेत्रिय सभापति तथा कार्यक्रम संयोजक दुर्गा बहादुर गिरीले जानकारी दिए ।

गाउंपालिको ६ नंम्बर वडाबाट सुरु गरिएको कार्यक्रममा कपुरकोट गाउँपालिका भित्रका ८ सय ३० जनाको स्वास्थ्य परिक्षण गरिएको गिरीले जानकारी दिए ।

विभिन्न ब्यक्तिको सहयोगमा गरिएको कार्यक्रममा १ लाख ५५ हजार बराबरको स्वास्थ्य सामाग्री, औषधी, मास्क, साबुन र सेनिटाइजर बितरण गरिएको तरुणदल सल्यान क्षेत्र नम्बर २ का सभापति तथा कार्यक्रम संयोजक एकराज वलीले जानकारी दिए ।

कार्यक्रममा सहभागि जनताले कांग्रेुसले सञ्चालन गरेको स्वास्थ्य शिबिरमा आफ्नो स्वास्थ्य निःशुल्क जचाउन पाउदा तथा स्वास्थ्य सामाग्री पाएकोमा खुसी ब्यक्त गरेको काँग्रेस कपुरकोटका सभापति मिन बहादुर सेनले जानकारी दिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज