May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
सुर्खेतको सिम्तामा “केपि ओली र माधव समूह” आपसमा मर्ज, एमाले एकता अभियानको घोषणा

सुर्खेतको सिम्तामा “केपि ओली र माधव समूह” आपसमा मर्ज, एमाले एकता अभियानको घोषणा

दुर्गा विसि / जेष्ठ ३१ सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकामा नेकपा एमालेका दुई समुह ( केपि – खनाल नेपाल ) पक्ष बिच एकता घोषणा भएको छ ।

सिम्तामा अहिले सिङ्गो एमाले एउटै भएको घाेषणा गरिएको छ ।सिम्ताबाट माधब नेपाल पक्षिय समानांतर जिल्ला कमिटी सुर्खेतमा रहेका २१ बढी सदस्यले अाफुहरु मुल पार्टीमै रहेको घाेषणा गरेका छन् ।

यस माधब नेपाल समूहमा रहेका सिम्ता गाउँ पार्टी गाउँकमिटीका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष समेत रहेका कविन्द्र कुमार केसी नेपाल समुहमा लागेका थिए । सिम्तामा ठुलाे हिस्सा पनि उनकै पक्षमा थियोे । जनतामा राम्रो छवि वनाएका केसी नेपाल समुहमा खुलेर लाग्दा धेरै एमाले शुभचिन्तकहरु उनकै पक्षमा देखिएका थिए ।

केही अगुवा स्थानीय नेताहरु ओली समुहमा लागे पनि गाउँपालिका अध्यक्ष भएको नेपाल समूहमा धेरै संख्या रहेको थियोे । तर हाल अाएर जिल्ला पार्टी अध्यक्ष तथा माननीय संघीय संसद धुर्व कुमार शाहि पुनः नेकपा एमालेकाे मुलधारमै फर्किए पछि सिम्तामा सिंगो एमाले भएको छ ।

दुई दिन अघि मात्रै जिल्ला पार्टी अध्यक्ष शाही, अमृत विसि, एन वहादुर चन्द, कविन्द्र कुमार केसी, टेकेन्द्र कुमार वस्नेत, डम्बर घर्ती, काेकिला सिंह, मान कुमारी सिंह, चन्द्रबहादुर शाही, नेत्र महतरा लगाएत नेताहरुले एउटै मञ्चबाट सिंगो एमाले भएको घाेषणा गरेका हुन ।

अन्य कुनै समुहमा नभएर सिम्तामा सिंगो एमाले एक भएर देशैभरी सन्देश दिएको समेत नेताहरुले वताएका छन। एमाले एकताको याे अभियान सिम्ताबाट सुरु भएको उनिहरूको दावी छ । यो एकता अभियान अब सुर्खेतका सबै तह र वडावडा स्तरमै सञ्चालन हुने समेत जनाईएको छ ।

उक्त अगुवा कार्यकर्ता तथा पार्टी एकता सन्देशात्मात्क भेलामा प्रमुख अतिथि जिल्ला पार्टी अध्यक्ष धुर्व कुमार शाही, विशेष अतिथि अमृत विसि र गाउँ कमिटी अध्यक्ष केसीकाे अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन नेत्र महताराले गरेको जनाइएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज