सिम्ताकाे भानु माद्यामिक विद्यालयमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड हुने
दुर्गा विसि / चैत्र १४, सल्यान । सिम्ता गाउँपालिकामा यहि चैत २६ गते देखि राष्ट्रपति रनिङ शिल्ड अायाेजना हुने भएको छ । सोहि तयारी स्वरुप गाउँपालिकाले सिम्ता गाउँपालिका स्तरीय रनिङ शिल्ड सम्पन्न गरेको छ । पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड चैत १२ र १३ गते भानु मावि बजेडिचौरमा सञ्चालन भएको थियाे ।
सबै प्रकृतिका खेलकुुदकाे नम्बर जाेड्दा बागेश्वरी मावि राकम प्रथम, भानु मावि बजेडिचौर दाेस्राे र जीवन ज्याेति मावि काफलकाेट तेस्रो विजेता भएको शिक्षक सुन्दर मल्लले जानकारी दिनुभएको छ ।
छात्र भलिबल तर्फ प्रथम मावि चाेल्पा, दाेस्राे भानु मावि वजेडचौर र तेस्रो मावि वजेडा अालि भएका रहेको वताईएकाे छ भने छात्रा भलिबल तर्फ प्रथम भानु मावि, दाेस्राे मावि लापु र तेस्रो मावि राकम भएकाे स्थानीय लाेगवहादुर शाहीले जानकारी दिनु भयो ।
सिम्तामा ११ वटा मावि छन । ९ वटा माविले खेलमा सहभागिता देखाएका थिए भने भगवती मावि गान्द्रा र मावि खेल्नेचौरले रनिङ शिल्डमा सहभागी नदेखिएकाले त्यहाँका विद्यार्थी खेलबाट बञ्चित भएको शिक्षा शाखाका कर्मचारी विन्द अधिकारीले जानकारी दिनुभएको छ।
सुर्खेत जिल्लाका नौ वटै स्थानिय तहमा खेलमा छनाेट भएर चैत २६- २८ गतेसम्म पुन भानु मावि बजेडिचौरमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सञ्चालन हुने गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिनुभएको छ। त्यसको तयारी समेत गाउँपालिकाले व्यापक पारेको छ ।
प्रतिकृया दिनुहोस्