June 23, 2025, Monday
२०८२ असार ९, सोमबार
सुर्खेतको सिम्ता गाउँपालिकामा सुधारिएकाे चुलाे वितरणकाे लहर

सुर्खेतको सिम्ता गाउँपालिकामा सुधारिएकाे चुलाे वितरणकाे लहर

दुर्गा विसि / चैत्र १४, सल्यान । सुर्खेतको सिम्ता गाउँपालिकाका विभिन्न वडाहरुका वस्तिमा सुधारिएको चुलाे वितरणकाे हाेडवाजी चलेकाे छ । “स्वच्छ सुधारिएको चुलो प्रयोग गरौं, स्वस्थ्य समृद्ध र जिम्मेवार नागरिक बनौं” भन्ने नाराका साथ अाज सिम्ता गाउँपालिकाकाे वडा नं -६ राकममा १ सय १ वटा सुधारिएको चुलो वितरण गरिएको छ । शनिबार, एक कार्यक्रम विच चुलाे वितरण गरिएको हो ।

वडाध्यक्ष राजेन्द्र सिह ठकुरीको अध्यक्षता भएको सुधारिएको चुलो वितरण कार्यक्रमको प्रमुख अतिथिमा गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसि रहेका थिए । त्यस्तै अतिथिहरूमा एसएनभी नेपालका सुवास ढकाल, शंकर पाठक र चाेकराज अधिकारी, क्लीन स्टार मल्टि सर्भिस प्रालिका सञ्चालक भिम बहादुर बाेहाेरा, वडा सदस्य अाइति लुवार र समाजसेवी ललित सिह, रूपा सिह र पुस्तक बादीकाे उपस्थिति रहेकोे थियोे ।

सुधारिएको चुलाे वितरण कार्यक्रमकाे सञ्चालन चन्द्रबहादुर शाहीले गर्नुभएको थियो। उक्त वडामा ४ सय चुलो वितरण गर्ने लक्ष्य रहेको छ । बाकी चुलाे वडा नं १,३,४ र ५ मा वितरण गरिने बताइएको छ । जम्मा ३७ सय रुपैयाँ मुल्य पर्ने चुलो उपभोक्ताको ७ सय गाउपालिकाकाे १ हजार र एसएनभी नेपालकाे २ हजार गरि प्रति चुलोमा साझेदारी लगानी रहेको गाउँपालिका अध्यक्ष केसिकाे भनाइ रहेको छ । चुलो वितरण कार्यक्रम प्रत्येक वर्ष निरन्तर चलिरहने समेत जनाईएको छ ।