राष्ट्रपति रनिङ शिल्ड आयाेजना हुने स्थानकाे अनुगमन
दुर्गा विसि / चैत्र २०, सिम्ता । १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारीकाे अवस्था वारे अनुगमन गरिएको छ ।सुर्खेतको सिम्ता गाउँपालिकाकाे भानु मावि वजेडिचौरमा यहि चैत्र २६ देखि २८ गते सम्म जिल्ला स्थिति मावि स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुन लागि रहेको छ । रनिङ शिल्ड अायाेजनाका लागि पुर्व तयारी व्यवस्थापनका विषयमा जिल्ला स्थिति खेलकुद विकास समिति पदाधिकारी, समन्वय प्रमुख, पत्रकार लगाएतको टाेलिले अनुगमन गरेको हो ।
खानेपानी, अावास, फिल्ड, शौचालय, खेलकुद मैदान लगाएतको व्यवस्थापनका विषयमा थप सुधार गर्नु पर्ने सुझाव दिएको छ ।जिल्ला समन्वय समिति प्रमुख तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संयोजक छविलाल सिग्देल, जिल्ला खेदकुद विकास समिति कार्यलय प्रमुख रामवहादुर वलि, खेलकुद पत्रकार अध्यक्ष भानुभक्त अधिकारी, प्रशिक्षक प्रमुख भुवन थापा, खेलकुद विकास कार्यलयका प्रशासन प्रमुख कविदत्त न्यौपाने, गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसि, वडा अध्यक्ष भिमवहादुर रावत, रेडियो भेरि एफएमका मधुवन विसि, पत्रकार दुर्गा विसि लगाएतको टिम राष्ट्रपति रनिङ शिल्ड हुने स्थानकाे तयारीका विषयमा अनुगमन गरिएको छ ।
काेभिडकाे पुनः त्रास फैलाएर यदाकदा याे प्रतियोगिता विथाेल्न खाेजिएको सुन्नमा अाएकोले मिथ्या हल्लाका पछि नलाग्न जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख वलिकाे भनाइ रहेको छ ।१० वर्ष अघि साेहि विद्यालयमा विरेन्द्र रनिङ शिल्ड भएको थियोे । सुर्खेतका अन्य स्थानीय तहले खर्चको जाेहले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता इन्कार गरे पछि साे खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अठोट जिम्मेवारी सिम्ताले लिएको थियोे ।
सिम्ता गाउँपालिका अध्यक्ष केसिले अाफ्नाे तहले खेलाउन सक्ने जनाए पछि राष्ट्रपति रनिङ शिल्ड अायाेजनाकाे जिम्मेवारी सिम्ताले लिएको थियोे । व्यवस्थापनका विषयमा भानु मावि वजेडिचौरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीर्घ मल्ल र प्रधानाध्यापक प्रेम थापाले सबै तयारीकाे वारेमा जानकारी गराएको जनाएको छ । खर्च तर्फ केही सहयोग चन्दा, खेलकुद विकास समिति र बाँकी गाउँपालिकाले व्याेहोर्ने जनाएको छ ।सम्भावित २१ लाख बराबरको अाय र व्यय समेत प्रस्तुत गरिएको थियोे ।
थप प्राविधिक तयारीका लागि सुझाव दिएको छ । साथै २६ गतेबाट सुरु हुन लागिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रचारप्रसारमा सकारात्मक भुमिका निर्भाह गरिदिन सञ्चार गृह तथा मिडियाकर्मिलाइ अनुरोध समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस्