March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
सरकारले ल्याएको बजेटबारे यस्तो छ – नेता योगेश भट्टराईको टिप्पणी

सरकारले ल्याएको बजेटबारे यस्तो छ – नेता योगेश भट्टराईको टिप्पणी

जेठ १६, सल्यान । नेकपा एमालेका नेता योगेश भट्टराईले सरकारले शनिबार ल्याएको बजेटबारे टिप्पणी गरेका छन ।

आइतबार सामाजिक संजाल फेसबुक बाट बजेट बारे आफ्नो धारणा राख्दै उनले बजेट समग्रमा जनमुखी भएको बताएका छन ।

तर हरेक बजेटमा जस्तै यो बजेटका पनि कार्यन्वयन, पुंजिगत खर्च कम हुने, राजनीतिक र प्रशासनीक नेत्रीत्वमा ईच्छाशक्तिको कमी, राजश्वको लक्ष नभेटाउने, राष्ट्रिय उत्पादनमा प्रगति नहुने लगायतका चुनौती भने भएको उनको आलोचना छ ।

उनले लेखेका छन – “अर्थमन्त्री माननीय बिष्णु पौडेलले हिजो सार्वजनिक गर्नुभएको आब २०७८/ ७९ को बजेट मुलत: जनमुखी छ । हरेक बजेटका  चुनौती जस्तै यो बजेटका पनि कार्यन्वयन, पुंजिगत खर्च कम हुने, राजनीतिक र प्रशासनीक नेत्रीत्वमा ईच्छाशक्तिको कमी, राजश्वको लक्ष नभेटाउने, राष्ट्रिय उत्पादनमा प्रगति नहुने लगायतका चुनौती भने यो बजेटका सामु पनि बिध्यमान छन । यी चुनैतीमाथि बिजयप्राप्त गर्न अर्थमन्त्रीजीलाई सफलता मिलोस ।”