March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
छत्रेश्वरीमा नेकपा र कांग्रेसको लडाई सकियो, निति कार्यक्रम र बजेट पारित गर्ने सहमति

छत्रेश्वरीमा नेकपा र कांग्रेसको लडाई सकियो, निति कार्यक्रम र बजेट पारित गर्ने सहमति

कार्तिक ३, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकामा नेकपा र कांग्रेस निकट जनप्रतिनिधि बिच असार देखी जारी रहेको विवाद र असमझदारी अन्त्य भएको छ ।

सोमबार बसेको कार्यपालिका बैठकमा दुई दलबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु बिच सहमति र सहकार्यका आधार अगाडि बड्ने सहमति भए सँगै तत्कालको लागी विवाद अन्त्य भएको हो ।

 

 

बैठकमा दुई दलबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु बिच चालु आर्थिक बर्ष २०७७ – ७८ को निति कार्यक्रम र बजेट पारित गर्ने निर्णय भएको गाउँपालिका स्रोतले बताएको छ ।

त्यस्तै गाउँपालिकाका नियमित कामहरु सुचारु गर्ने र करार कर्मचारीकहरुको बिषयमा पनि कार्यपालिका बैठकमा छलफल गरेर समझदारी गर्ने सहमति भएको स्रोतले बताएको छ ।

छत्रेश्वरी गाउपालिकामा गाउँसभामा बहुमत प्राप्त नेपाल कम्युनिष्ट पार्टी निकट जनप्रतिनिधिहरुले करार कर्मचारी, यातायात साधनहरु प्रयोग, विषयगत समिति गठन लगाएत विषयमा असहमति जनाउदै विरोध गरेपछि गाउँपालिकाको चालु आर्थिक बर्षको निति कार्यक्रम तथा बजेट पारित हुन सकेको थिएन ।

बजेट अभावमा दैनिक प्रशासन संचालन र कामकाजहरुमा समस्या उत्पन्न भएर पर्न गएको असुबिधा प्रति गाउँपालिकाले क्षमा याचना गरेको छ । साथै आगामी दिनहरुमा विकास निर्माण तथा सेवा प्रवाहमा सरलता र सहजता ल्याउने पनि गाउँपालिकाले प्रतिबद्धता व्यक्त गरेको छ ।