छत्रेश्वरीमा समयमा बजेट नआउनुमा गाउँपालिका अध्यक्ष नै मुख्य जिम्मेवार: नेकपा छत्रेश्वरी
साउन २६, सल्यान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छत्रेश्वरी गाउँपालिका कमिटिले छत्रेश्वरी गाउँपालिका सल्यानमा समयमै बजेट आउन नसक्नुमा गाउँपालिका अध्यक्ष नै मुख्य जिम्मेवार भएको बताएको छ ।
सोमबार, पार्टीका सांगठनिक गतिबिधि र छत्रेश्वरी गाउँपालिकाको निति कार्यक्रम र बजेट वारे आफ्नो धारणा सार्वजनिक गर्न भोटेचौरमा पत्रकार सम्मेलण गर्दै नेकपाका नेताहरु र गाउँसभामा प्रतिनिधित्व गर्ने वडाध्यक्षहरुले यस्तो बताएका हुन ।
विषयगत समितिहरु र कार्यपालिका वैठकमा छलफल र सहमति गरेर मात्रै गाउँसभामा निति कार्यक्रम र बजेट ल्याउनुपर्नेमा त्यसो नगरेर गाउँपालिका अध्यक्षले मनोमानी तरिकाले प्रचलित विधि र प्रक्रिया विपरित गाउँसभामा निति कार्यक्रम र बजेट ल्याएको कारणले समस्या आएको उनिहरुको भनाई छ ।
गाउँसभा बस्नको लागी करार कर्मचारीको बिषय मात्रै आफ्नो पार्टीको पहिलो प्राथामिकता नभएको बताउदै उनीहरुले उक्त मुद्धालाई मात्र हाईलाइट गरेर आफुहरुले उठाएका अन्य थुप्रै विषयलाई ओझेलमा पार्न खोजिएको बताए ।
“हामिले उठाएका बिषयवस्तुहरु धेरै छन । खर्च प्रक्रियाको कुरा छ । कार्यपालिकाको वैठक संचालनको विधिका कुरा छन । बजेट निर्माणका कुरा छन ।” नेकपा छत्रेश्वरी गापा अध्यक्ष ओज बहादुर बुढाथोकिले भने – “जस्तो हामिले विगत देखी उठाउदै आएको डोजर खरिदको कुरा छ । जो आवस्यक थियो होला तर बिधि संवत थिएन । त्यसैले त्यो बेरुजुको रुपमा आएपछि गत वर्षको मलेपको प्रतिवेदनमा सव भन्दा बढि यहाँको वेरुजु आयो । त्यसैले विधि पुर्याएर काम गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो ।”
योजना अनुगमन, सवारी साधन खरिद र त्यसको प्रयोग लगायतका मागहरुमा वडाध्यक्षहरुले कार्यपालिकामा कुरा गर्न खोज्दा त्यो एजेन्डा पनि नबन्ने र छलफल पनि नहुने अवस्था आएको उनले वताए ।
स्थानिय तह संचालन गर्दा निश्चित समयका लागी भर्ना गरिएका करार कर्मचारीका ठाउँमा स्थायी कर्मचारी आईसके पछि उनिहरुलाई हटाएर गाउँपालिकालाई थप आर्थिक व्ययभार वाट बचाउनु पर्नेमा आवस्यक्ता अनुुसार राख्नुपर्ने कर्मचारीलाई समेत वामले हटाउन थाले भनेर भ्रमित वनाई गाउँपालिका अध्यक्षकै निर्देशनमा संघर्ष समिति बनाई गाउँपालिका घेराउ गरेर गाउँसभामा कार्यपालिका सदस्यलाई उपस्थित हुन नदिई एकतिहाई सदस्य बाट बजेट पारित गर्न खोजेको पनि नेकपाका नेताहरुको आरोप छ ।
साथै छलफल र सहमतिको लागी पनि आफुहरु तयार रहेको उनीहरुको भनाइ छ ।
प्रतिकृया दिनुहोस्