March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
मिल्ने भए बहुमत प्राप्त गर्न दिल्लीमा केजरीवालले जस्तै छत्रेश्वरीमा चुनाव बनाउने थिएः अध्यक्ष केसी

मिल्ने भए बहुमत प्राप्त गर्न दिल्लीमा केजरीवालले जस्तै छत्रेश्वरीमा चुनाव बनाउने थिएः अध्यक्ष केसी

साउन २२, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले यदि संविधानले अधिकार दिएको हुन्थ्यो भने बहुमत प्राप्त गर्नको लागी आफुले राजिनामा दिएर पुरै छत्रेश्वरी गाउँपालिकामा मध्यावधि चुनाव हुने व्यवस्था भएको भए चुनाव गराउन पनि आफु तयार हुन्थ्ये होला भन्ने विचार व्यक्त गरेका छन ।

गाउँसभा नेकपा बाट प्रतिनिधित्व गर्ने बहुमत सदस्यहरुले ८ औं गाउँसभा दोस्रो पटक बहिस्कार गरेपछि गाउँसभा र समसामयिक परिस्थिति वारे प्रष्ट पार्न बिहिवार कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो अनुभुति, भावना र पिडा अभिव्यक्त गरेका हुन ।

आफुले केहि राम्रो काम गरौं, राम्रो सन्देस दिऔं भन्ने उदेश्यले काम गर्दा गर्दै पनि गाउँसभामा बहुमत प्राप्त राजनितिक दलले पटक पटक अनावस्यक रुपमा अवरोध गरेरे आजित बनाएको भन्दै उनले त्यसबाट मुक्त हुन यदि संविधानले अधिकार दिएको हुन्थ्यो भने बहुमत प्राप्त गर्नको लागी आफुले राजिनामा दिएर पुरै छत्रेश्वरी गाउँपालिकामा मध्यावधि चुनाव गराउन पनि आफु तयार हुने थिए भन्ने धारणा व्यक्त गरेका हुन ।

आफ्नो बहुमत नभएर बिगतमा पनि बिभिन्न समस्या झेलेको र अहिले २ पटक गाउँसभा स्थगित भएपछि आक्रोसित बन्नु भएका अध्यक्ष केसीले मिल्ने भए दिल्लीमा केजरीवालले जस्तै बहुमत लिन राजिनामा दिएर मध्यावधि चुनावमा जान्थे होला भन्ने सम्म लाग्ने गरेको बताएका हुन ।

“आम आदमी पार्टीको केजरीवालले दिल्लीमा राजिनामा दिएर पुरै चुनावमा गएको जस्तै मैले राजिनामा दिएर छत्रेश्वरीमा चुनाव हुन्थ्यो भने म राजिनामा दिएर चुनावमा जान्थ्ये होला ।” उनले – “साच्ची भन्या, त्यती आँट पनि छ हामी सँग । यदि मैले मात्र राजिनामा दिएर पुरै छत्रेश्वरीमा चुनाव हुन्थ्यो भने म त्यो पनि गर्ने थिए । बहुमत पाईन नि त मैलै । अहिले म सँग ३ वटा वडाध्यक्ष हुनुन्छ । ४ जना भएका भए म सँग बहुमत हुन्थ्यो ।”

कुनै पनि पार्टीका क्रियासिल २-३ हजार मान्छे मात्र सबथोक नभएको वताउदै उनले पार्टीको आवरण बाहिर लुकेर बसेका सामान्य मान्छेले पनि राजनितिमा निर्णायक हुने र उनिहरुले आफुहरुलाई राम्रो सँग बुझेकोले आफुहरुले बहुमत पाउने विस्वास व्यक्त गरे ।

अध्यक्ष केसीले आफु अल्पमतमा हुदाहुदै पनि धेरै काम गरेको र काम गर्न सक्छ भन्ने सन्देस आफु र आफ्नो टिमले प्रवाह गरेकोले कुनै एजेन्डा नपाएर नेकपाका साथीहरुले हाई कमाण्डको इसारामा बजेट रोकेर आफुलाई असफल बनाउन खोजेको पनि दावि गरे ।

उनले भने – “उहाँहरुको कुरा के छ भने अल्पमतमा हुदाहुदै पनि यसले सवै काम गरेर भ्याइसक्ने भयो । भोलीको नेतृत्वको कुरा छ । बजेट नआएपछि त काम रोकिन्छ । यसले काम गर्न सकेना भन्ने हुन्छ । त्यसैले यसको हातखुट्टा वाध्नु पर्यो भनेर बजेट आउन नदिएको अनुभुति मलाई भएको छ ।”

अध्यक्ष केसीले आफुलाई जति असफल बनाउन खोजे पनि सल्यानमा छत्रेश्वरीले काम गर्न सक्छ र छत्रेश्वरीको नेतृत्व टिमले (आज बहिस्कार गर्नेहरु सहित) काम गर्न सक्छ भन्ने सन्देस दिन सफल भएको पनि ठोकुवा गरेका छन ।

छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र ३ जना वडाध्यक्षहरु नेपाली कांग्रेस बाट निर्वाचित भए तापनि बहुमत वडाध्यक्ष र सदस्यहरु नेकपा बाट प्रतिनिधित्व गर्ने भएकाले उनिहरुको उपस्थीति बिना गणपुरक संख्या नपुग्ने भएकाले गाउँसभा स्थागित भएको हो ।

गाउँपालिकाले करारमा राखेका आवस्यक्ता भन्दा बढि कर्मचारी हटाउनु पर्ने, मनपरी रुपमा भैरहेको मेसनरी औजार खरिद रोक्नु पर्ने र मोटरसाइकल प्रयोगमा भएको अनियमितता रोेक्नुपर्ने लगाएतका माग राख्दै नेकपाका बाट निर्वाचित जनप्रतिनिधिहरुले बहिस्कार गरे हुन् ।

तर अध्यक्ष सन्तोष केसीले भने अझै पनि कर्मचारी अभाव भएकोले वडाध्यक्षहरुले भनेझैं गरी करारमा राखिएका कर्मचारीहरु हटाउन नसकिने र कर्मचारीहरुको करार अवधि थपेर मात्रै गाउँसभाले निति कार्यक्रम र वजेट पारीत गर्ने बताएका छन् ।

संवैधानिक व्यवस्था अनुसार असार १० गते नै गाउँपालिकाले गाउँसभामा निति कार्यक्रम र वजेट पेश गरेको भएता पनि गाउँसभामा बहुमत प्राप्त दल र नेतृत्वकर्ता २ फरक दल बिच पटक पटक छलफल गर्दा पनि केहि बिषयमा सहमति हुन नसकेकाले गाउँसभा स्थगित भएको प्रमुख प्रसासकिय अधिकृत डिल्ली खड्काले बताउनु भयो ।

यता करार कर्मचारी हटाउने वा राख्ने भन्ने विषयमा विवाद भएर गाउँसभा नै स्थगित भएपछि करारमा काम गरिरहेका कर्मचारीहरु भने चिन्तीत र आन्दोलित भएका छन । उनिहरुले आफ्नो जागीर बचाउन दवाव दिन संघर्ष समिति नै गठन गरेका छन । करार संझौतालाई निरन्तरता दिनुपर्ने, अस्थाइ र स्थाइमा विभेद गर्न नहुने र आफुहरुमाथी राजनिती गर्न नहुने उनीहरुले बताएका छन । “गाउँसभाका २ राजनितिक दलहरुले आफ्नो लडाईलाइ करारका कर्मचारीहरुमा ल्याएर साडेको जुुधाई, बाछाको मिचाई जस्तो वनाएको संघर्ष समितिकी उपसंयोजक प्रभा डाँगीले बताइन ।

यो पनि:

नेकपाका जनप्रतिनिधिले बहिस्कार गरेपछि छत्रेश्वरीको ८ औं गाउँसभा दोस्रो पटक स्थगीत- निति कार्यक्रम र बजेट भएन पारित

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज