September 23, 2026, Wednesday
२०८३ आश्विन ८, बिहीबार
पत्रकार महासंघ सल्यानको सभापति पदमा मिना बुढाथोकीको पहिलो उम्मेद्वारी दर्ता

पत्रकार महासंघ सल्यानको सभापति पदमा मिना बुढाथोकीको पहिलो उम्मेद्वारी दर्ता

चैत २१, सल्यान । नेपाल पत्रकार महासंघ सल्यानको नयाँ कार्यसमिति चयनको लागी यहि चैत २५ गते हुन लागेको निर्वाचनमा सभापति पदमा मिना बुढाथोकीको उम्मेद्वारी दर्ता भएको छ ।

पत्रकार मेघा रेउलेको प्रस्ताव र करिस्मा गिरीको समर्थनमा बुढाथोकीले सभापति पदमा उम्मेद्वारी दर्ता गराउनु भएको हो ।

चैत २५ गते हुने चुनावको सल्यान शाखाको सभापति पदको लागि बुढाथोकीको पहिलो उम्मेद्वारी दर्ता भएको हो ।

बुढाथोकी बिगत १४ बर्ष देखी पत्रकारीता पेशामा सक्रिय हुनुहुन्छ । सल्यानमा पत्रकार महासंघको सभापति पदमा उम्मेद्वारी दिने बुढाथोकी पहिलो महिला उम्मेद्वार हुनुहुन्छ ।