March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
बहस : को बन्ला यसपालि, पत्रकार महासंघ सल्यान शाखाको सभापति ?

बहस : को बन्ला यसपालि, पत्रकार महासंघ सल्यान शाखाको सभापति ?

सल्यान २२, चैत । नेपालका पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको केन्द्र देखी जिल्ला सम्मको नयाँ कार्यसमिति र नेतृत्व चयनको लागी यहि चैत २५ गते देशभर निर्वाचन हुदैछ ।

नेपाल पत्रकार महासंघ सल्यान शाखाको नेतृत्व र कार्यसमिति चयनको लागि केहि दिन यता सल्यानमा पनि निर्वाचनको माहोल तातिदैँ गएको छ । निर्वाचनको लागि केन्द्रमा चैत १४ गते र प्रदेशमा चैत १९ गते उम्मेदवारहरूको मनोनयन दर्ता भैसकेको छ भने ( आइतबार ) आज मनोनयन दर्ताको समय रहेको छ ।

निर्वाचनको गृहकार्य गर्नको लागि जिल्लामा कृयाशिल एमाले माधव समूह निकट प्रेस चौतारी बाहेक कांग्रेस निकट प्रेस युनियन, एमाले केपी निकट प्रेस चौतारी, माओवादी केन्द्र निकट प्रेस संगठन र विप्लव नेकपा निकट जनपत्रकार संगठन लगाएतका पत्रकार संघसंगठनहरूले यस अघि नै कार्यदल बनाइसकेका छन ।

अहिले जिल्लामा क्रियाशिल रहेका प्रेस चौतारी, प्रेस युनिययन, प्रेस संगठन लगाएतका बिभिन्न संगठनहरु आन्तरिक छलफल र तयारीमा जुटीरहेका छन् ।

को बन्ला पत्रकार महासंघ सल्यानको अबको सभापति ?

पत्रकार महासंघ सल्यानको अबको नयाँ नेतृत्वको लागी विभिन्न संगठन बाट धेरै आकांक्षिहरु रहेको बुझिएको छ । एउटै संगठनबाट पनि एक भन्दा बढी उम्मेदवारहरूको दाबी रहेपछि संगठनहरूलाई उम्मेदवारहरुको टुंगो लगाउनै समस्या भएको छ ।

अहिलेसम्म कांग्रेस निकट प्रेस युनियनले मात्रै नवीन पौडेलको नेतृत्वमा महासंघको निर्वाचनमा होमिने आधिकारिक निर्णय सार्वजनिक गरेको छ भने अन्य संगठनले निर्वाचनमा कसरी अघि बढ्ने भन्ने बारेमा स्पष्ट धारणा सार्वजनिक गर्न सकेका छैनन् ।

यद्यपि युनियनको आधिकारिक निर्णय र उम्मेदवार लाई चुनौती दिदै प्रेस युनियन सल्यानको तर्फबाट पूर्व उपाध्यक्ष सनतकुमार शर्मा, कोषाध्यक्ष विप्लव महर्जन र उपाध्यक्ष राजेश कुमार शर्माले सनत कुमार शर्माको नेतृत्वमा महासंघको निर्वाचनमा होमिले वक्तव्य सार्वजनिक गरेका छन ।

त्यस्तै एमाले माधव समूह निकट प्रेस चौतारी पनि यो समाचार तयार पार्दासम्म महासंघमा कस्को नेतृत्वमा जाने भन्ने विवादले अनिर्णयको बन्दी बनेको छ । चौतारी बाट महासंघको सभापतिको लागि रमेशकुमार वली र मिना बुढाथोकीको दावी रहेपछि चौतारीले हालसम्म कुनै निर्णय लिनसकेको छैन ।

त्यस्तै माओवादी निकट प्रेस संगठनले पनि महासंघको निर्वाचनमा कसरी जाने भन्नेमा अहिलेसम्म निर्णय लिन सकेको छैन । संगठन बाट सभापतिका अर्का उम्मेदवार दिपक शर्मा महासंघको कर्णाली प्रदेश सदस्यको उम्मेदवार भएपछि सभापति पदमा डिल्लीराज रावतको दावी रहेको छ तर रावतलाई संगठनका अर्का नेता तिलक कुमार वलीले स्वीकार गरेका छैनन् ।

वली बरु अन्य संगठनलाई सभापति दिएर चुनावी गठबन्धन गराइ आफू उपाध्यक्ष वा सचीव बन्ने दाउमा रहेका छन । प्रेस संगठनमा कुनैमा सहमति नभएमा महासंघका वर्तमान सभापति प्रतीक इच्छुक शर्मा आफै पनि उम्मेदवार बन्न सक्ने आँकलन गरिएको छ ।

त्यस्तै साना तर निर्णायक ठानिएका एमाले केपि निकट प्रेस चौतारी र विप्लव निकट जनपत्रकार संगठनले पनि सहकार्य र सहमति मार्फत अघि बढ्ने बताएका छन । केपि निकट चौतारी कांग्रेस निकट देखिएको छ भने जनपत्रकार संगठन सबै सँग छलफलमै रहेको छ ।

जिल्लामा हुने पत्रकार महासंघको निर्वाचनको लागि आबश्यक तयारी भैरहेको निर्वाचत समितीका संयोजक मनबिर बस्नेतले जानकारी दिनुभयो । उहाँले आज बिहान ११ वजे देखी साँझ ४ वजेसम्म उम्मेदवारी दर्ताको समय रहेको जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ सल्यानमा ९२ जना मतदाताहरु रहेका छन् ।