June 16, 2026, Tuesday
२०८३ असार २, मंगलवार
सल्यान उबासंघको मत गणना सम्बन्धि समाचार संकलनमा पत्रकारहरूलाई रोक लगाइएकोमा आपत्ति

सल्यान उबासंघको मत गणना सम्बन्धि समाचार संकलनमा पत्रकारहरूलाई रोक लगाइएकोमा आपत्ति

चैत ०१, सल्यान । सल्यान उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति चयनको लागि हिजो भएको निर्वाचनको मत परिणामको समाचार संकलन गर्न गएका पत्रकारहरूले समाचार संकलनमा रोक लगाइएको र निर्वाचन मण्डल र प्रहरी प्रशासनले दुर्व्यवहार आरोप लागेको छ ।

 

 

आइतबार नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्री नवीन पौडेल,सन्तोष जिएम, महासंघ सल्यान जिल्ला कार्यसमिति सचिव शंकर केसी, कोषाध्यक्ष योगराज बिक, उद्योग बाणिज्य संघका निवर्तमान प्रेस सल्लाहकार आशिष् केसी र अकोराक कर्णाली प्रदेश सदस्य बिरेन्द्र डिसीले एक प्रेस नोट जारी गर्दै घटना प्रति आपत्ति जनाएका हुन ।

सार्वजनिक चासोको बिषयमा सुचना लिन जाँदा पत्रकारहरू माथी भएको दुर्व्यवहार प्रेस स्वतन्त्रताको उलंघन भएको उनिहरूको दावी छ । पत्रकारलाई दुर्ववहार गर्नेलाई छानबिन गरि कारबाही गर्न र आगामी दिन गम्भीर बन्न महासंघलाई बिज्ञप्ति मार्तफ अनुरोध गरिएको छ ।

यस्तो छ बिज्ञप्ति :