September 20, 2026, Sunday
२०८३ आश्विन ४, आईतवार
सल्यान उद्योग बाणिज्य संघको चुनावमा मतदान सम्पन्न, मत गणना आजै सुरु गरिने

सल्यान उद्योग बाणिज्य संघको चुनावमा मतदान सम्पन्न, मत गणना आजै सुरु गरिने

 

फागुन २९, सल्यान । उद्योग बाणिज्य संघ सल्यानको नयाँ कार्य समिती चयनको लागी जारी निर्वाचनमा मतदान कार्य सम्पन्न भएको छ ।

 

 

शनिबार बिहान ८ बजे देखि सुरु भएको मतदान प्रक्रियामा आज साडे पाँच बजेसम्म जम्मा दुई हजार तीन ( २००३ ) मत खसेको निर्वाचन समितिले जनाएको छ ।

 

 

 

सल्यान उद्योग बाणिज्य संघको निर्वाचनमा राजेन्द्र कुमार थापाको नेकपा माओवादी केन्द्र र नेकपा एमाले माधव समूह निकट प्रगतिशिल व्यवसायिक प्यानल र कुमार बुढाथोकीको अध्यक्षतामा नेपाली कांग्रेस, नेकपा एमाले केपी ओली समूह र राप्रपा निकट संयुक्त व्यवसायिक प्यानल वीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

मत गणना पनि आजै सुरु गरिने निर्वाचन मण्डल प्रमुख वीर बहादुर सेजवालले जानकारी दिनुभएको छ । सल्यान जिल्लाभर २,३३८ मतदाता रहेका छन् ।