सल्यानमा विद्यालयको चुनावमा ‘प्रचण्ड – माधव समुह’ को पुरै प्यानल विजयी
माघ २२ सल्यान । सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं १२ निगाल्चुलामा रहेको श्री सिद्देश्वरी माबी माछखर्क निगाल्चुलामा विध्यालय व्यवस्थापन समितिको चुनावमा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) को प्रचण्ड माधव समूह विजयी भएको छ ।
विव्यस चयनको लागी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड – नेपाल समुह र नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवारीहरु चुनावी मैदानमा उत्रिएका थिए । निर्वाचनमा जम्मा १९६ मत मध्य १७५ मत खसेको थियो । जस अनुसार नेकपाको प्रचण्ड – नेपाल समुहका पुरै प्यानल नै बिजय भएको छ ।
बिजय हुनेमा नेकपा प्रचण्ड नेपाल समुहका यामप्रकाश वली १०३, शुकलाल थापा १०३, गिता पुन १०२, पबित्रा थापा १०२, ल्याएर नेकपा प्रचण्ड नेपाल पक्षका उम्मेदवार विजय भएका हुन ।
यस्तै पराजित हुनेमा नेपाली काङ्ग्रेस उम्मेदवारहरु भुमलाल डाङ्गी ७२, चन्द्र बहादुर पुन ७२, बबिता परियार ७१, भिमकली बुढा ७१, मत प्राप्त गर्दै पराजित भएका छन भने जम्मा २ मत बदर भएको शिक्षा शाखा प्रमुख तथा निर्वाचन अधिकृत ध्रुर्बा थापाले जानकारी दिनु भएको छ ।
प्रतिकृया दिनुहोस्