सल्यानमा नेकपाका दुईतिहाई बढि जिल्ला सदस्यहरू द्वारा अध्यक्ष पुनलाई कारवाहिको लागी सिपारिस
पौष १६, सल्यान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सल्यानको प्रचण्ड– नेपाल समुहले पार्टीका जिल्ला अध्यक्ष गोविन्द कुमार पुनलाई कारवाहिको लागी सिपारिस गरेको छ । प्रचण्ड – नेपाल समुहको बुधबार बसेको जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा वलीले चालेको असंवैधानिक र प्रतिगामी कदमलाई साथ, समर्थन दिएको भन्दै पार्टीका जिल्ला अध्यक्ष पुनलाई अध्यक्षबाट मुक्त गर्नको लागी प्रदेश कमिटीमा सिपारिस गर्ने निर्णय गरेको हो ।
जिल्ला बाट केन्द्रिय कमिटी, प्रदेश कमिटी, प्रदेश परिषद र प्रदेश सल्लाहकार कमिटीमा प्रतिनिधित्व गर्ने दुई तिहाई बढी नेताहरु र जिल्ला कमिटीका पनि दुई तिहाई बढी सदस्यहरुको उपस्थितिमा अध्यक्ष पुनलाई कारवाहीको सिपारिस गरिएको उक्त समुहले पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।
त्यस्तै बैठकले प्रधानमन्त्री तथा पार्टीका प्रथम अध्यक्ष केपि शर्मा वलीले संसद बिघटन र पार्टी बिभाजन गर्न चालेको असंवैधानिक कदमको विरोध गर्ने, पार्टीले जिल्लामा पौष १४ गते गरेको बृहत प्रदर्शन सफल र भव्य बनाउन सहयोग गर्ने कार्यकर्ता, नागरिक समाज, पत्रकार लगाएत सवैलाई धन्यबाद व्यक्त गर्ने निर्णय गरेको बताईएको छ ।
बैठकले पार्टीको काम तथा आन्दोलनको कामलाई व्यवस्थित गर्न जिल्लाका सवै स्थानिय तहहरुसम्म पार्टीका भेला तथा बैठक गर्ने निर्णय गरेको पनि पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । जस अनुसार जिल्लाको बनगाडकुपिण्डे र शारदा नगरपालिकामा पौष १७ गते, कुमाख र छत्रेश्वरी गाउँपालिकामा पौष १८ गते, त्रिवेणी र दार्मा गाउँपालिकामा पौष १९ गते, बागचौर नगरपालिका र कपुरकोट गाउँपालिकामा पौष २० गते र कालिमाटी र सिद्ध कुमाख गाउँपालिकामा पौष २१ गते पार्टीका भेला बैठक तथा प्रशिक्षण गर्न र ति बैठकहरुले वडा र टोल सम्मका कार्यक्रम निर्धारण गर्ने निर्णय गरिएको बताईएको हो ।
ईञ्चार्जहरुको जिम्मेवारी हेरफेर :
त्यस्तै बैठकले पार्टीका जिल्लाका विभिन्न पालिकाहरुका ईञ्चार्जहरुको जिम्मेबारी पनि हेरफेरको लागी प्रदेश कमिटीलाई सिपारिस गर्ने निर्णय गरेको छ । जस अनुसार कपुरकोट गाउँपालिको ईञ्चार्जमा भद्रसिंह बुढा र सिद्धकुमाख गाउँपालिकाको ईञ्चार्जमा सुंनिमा डिसीलाई सिपारिस गर्ने र अन्य पालिकामा पुरानै ईञ्चार्जहरुलाई यथावत गर्ने निर्णय गरिएको बताईएको हो । यस अघि पार्टीको कपुरकोट गाउपालिका इन्चार्ज भिमबहादुर सेन र त्रिवेणी गाउपालिका इन्चार्ज लोकबहादुर डाँगी रहेका थिए । उनीहरु दुबैजना ओली समूह तिर लागेपछि ति पालिकामा नया इन्चार्ज सिपारिस गरिएको हो ।
बैठकले प्रदेश कमिटी सदस्यमा यस अघि नै टिका बुढाथोकी र शान्ता हमाललाई थपिएको पनि जानकारी गराएको छ । त्यस्तै जिल्लामा जसपाको सिंगो पार्टी सहित आएको सन्तोष राई र दिपक सोनीलाई जिल्ला कमिटीमा मनोनित गर्ने र पार्टीको युवा र विद्यार्थीको जिल्ला भेला पौष २१ गते श्रीनगरमा गर्ने पनि निर्णय गरिएको बताईएको छ । पार्टीले माघ १ गते सल्यानमा बृहत कार्यकर्ता बेला पनि गर्ने बताइएको छ ।
नेकपा प्रचण्ड – नेपाल समुहको जिल्ला कमिटीले बुधबार गरेका निर्णयहरुलाई सार्वजनिक गर्न बिहिबार बिहान पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।
नेकपा केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सहईञ्चार्ज तथा कर्णाली प्रदेश सरकारका आर्थिक मामला तथा योजना मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यता, नेकपा केन्द्रिय सदस्य, जिल्ला ईञ्चार्ज तथा पूर्व मन्त्री टेकबहादुर बस्नेतको विशिष्ट आतिथ्यता र नेताहरु उमाकान्त शर्मा, भिमप्रकाश शर्मा लगायतको उपस्थितिमा भएको पत्रकार सम्मेलनको अध्यक्षता जिल्ला सचिव कर्णबहादुर बुढाथोकीले गरेका थिए भने कार्यक्रमको सहजीकरण जिल्ला कमिटी सदस्य रमेश गौतमले गरेका थिए ।
प्रतिकृया दिनुहोस्