चुनावी रौनक : प्रचारमा हिडेका संयुक्त व्यवसायिक प्यानललाई सल्लीबजारमा भव्य स्वागत
दुर्गा विसि / फाल्गुन २४, सल्यान । सल्यान उद्योग बाणिज्य संघ सल्यानको अधिवेशन यहि २९ गते तोकिएपछि चुनावी प्रचारप्रसार अभियान व्यापक पारिएको छ । विगत तिन बर्ष भन्दा बढि सल्यान उद्योग बाणिज्य संघको कुशलतापूर्वक नेतृत्व सम्हालीसकेका निबर्तमान वरिष्ठ उपाध्यक्ष कुमार बुढाथोकी नेतृत्वमा संयुक्त व्यवसायिक प्यानलका अध्यक्ष पदका उम्मेदवार लगाएतको टिमलाई बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गाेविन्द कुमार पुन र यहाँका व्यापारीले भव्य स्वागत सँगै खादा र अविरअावरण सहित अग्रिम शुभकामना तथा बधाई दिएका छन् ।
शुक्रबार देखी जिल्ला केन्द्रित चुनाब प्रचारप्रसारमा लाई तिब्रता दिएको उक्त टिम साेमवार विहान सल्लिवजारमा व्यापारीहरुकाे घरमै पुगेर अाफ्ना चुनावी एजेण्डा प्रतिवद्धता जाहेर गर्दै मत दिन आग्रह गरिएको खबर छ । उद्योग बाणिज्य संघको चुनाबको लागी दुई प्यानल नेपाली काँग्रेस, केपि समुह र राप्रपा बिचको सहकार्यमा संयुक्त व्यवसायिक प्यानल र माधब प्रचण्डको प्रगतिशिल प्यानल बनाएर भाग लिएका छन । दुबै टिम यतिखेर चुनावी प्रचार अभियानमा जुटेका छन् ।
कुमार बुढाथोकीले नेतृत्व गरेको टिम शुक्रबार देखी चुनाब प्रचारप्रसार जिल्ला दौडमा निकाल्ने क्रममै कालिमाटि गाउँपालिका, बनगाड कुपिण्डे, कुमाख हुदै अाज वेलुकि सम्म दार्मा प्रस्थान गर्ने जनाएको छ । व्यवसायिक एकता आजको आबस्यकता, आर्थिक समृद्धि र पारदर्शिता भन्ने मुल नाराका साथ संयुक्त व्यवसायिक प्यानलले प्रचार प्रसार व्यापकता पारिएको हो । यहि फागुन २९ गते हुने उद्योग वाणिज्य संघ सल्यानको निर्वाचनका लागि आफ्ना एजेण्डाहरु लगेर मतदातामाझ पुग्ने उद्देश्यले प्रचारप्रसार सुरु गरिएको उक्त प्यानलले जनाएको छ ।
यो यात्रा नेतृत्व हत्याउने रणनीति मात्रै नभएर जिल्लाका व्यापारीहरुको समस्याहरुका बारेमा समेत सम्बोधन गर्ने गरि टिम खडा भएको दावि गरिएको छ । गत बर्षको नेतृत्वमा पुरा हुन नसकेका कामहरुलाई पुरा गर्ने उद्धेश्यले निर्बाचनमा होमिएको अध्यक्षका दाबेदार कुमार बुढाथोकीकाे दावी छ ।
व्यवसायिक एकता, हकहित, पर्यटन, महिला लघु उद्यम, एकद्वार प्रणाली, आर्थिक बिकास, व्यवसायिक सुरक्षा लगाएतका प्रमुख प्रतिबद्धता लिएर उद्योगी, व्यवसायी, ब्यापारी माझ गईरहेको महासचिबका उमेद्धवार रुपक बुढाले बताए । प्रचारप्रसारका शिलशिलामा सल्लिवजारमा अाएको उक्त टिमले जित सुनिश्चित भएको घाेषणा समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस्