July 26, 2026, Sunday
२०८३ श्रावण १०, आईतवार
पत्रकार महासंघ सल्यानको सभापति पदमा डिल्लीराज रावतको स्वतन्त्र उम्मेद्वारी दर्ता

पत्रकार महासंघ सल्यानको सभापति पदमा डिल्लीराज रावतको स्वतन्त्र उम्मेद्वारी दर्ता

चैत २१, सल्यान । नेपाल पत्रकार महासंघ सल्यानको नयाँ कार्यसमिति चयनको लागी यहि चैत २५ गते हुन लागेको निर्वाचनमा सभापति पदमा डिल्लीराज रावतको स्वतन्त्र उम्मेद्वारी दर्ता भएको छ ।

पत्रकार अस्तिमा गिरीको प्रस्ताव र अमृत बुढाथोकीको समर्थनमा रावतले सभापति पदमा उम्मेद्वारी दर्ता गराउनु भएको हो ।

चैत २५ गते हुने चुनावको सल्यान शाखाको सभापति पदको लागि रावतको दोस्रो र स्वतन्त्र उम्मेद्वारी दर्ता भएको हो ।

रावत बिगत १३ बर्ष देखी पत्रकारीता पेशामा सक्रिय हुनुहुन्छ । रावतले उम्मेद्वारी दर्ता गरेको निर्वाचन निर्वाचन संयोजक मनबिर बस्नेत बताउनु भयो ।