March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
सल्यानको लुहाम बजारमा विप्लव नेकपाको कोणसभा

सल्यानको लुहाम बजारमा विप्लव नेकपाको कोणसभा

चैत १८, सल्यान । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानले एकीकृत जनदिशा अभियानलाई निरन्तरता दिदै बुधबार जिल्लाको त्रिवेणी गाउँपालिका स्थित लुहाम बजारमा कोणसभा सम्पन्न गरेको छ ।

कोण सभालाइ सम्बोधन गर्दै पार्टीका जिल्ला सेक्रेटरी गणेश सुनार ‘तुफानले देश गम्भीर सङकटको दिशातिर अघि बढेको बताउदै यस्को विकल्प सहित नेपाल कम्युनिस्ट पार्टी अगाडी बढेको बताएका छन । पुजीवादी संसदिय ब्यबस्था पुर्णरुपले असफल सिद्ध भैसेको हुनाले बैज्ञानिक समाजवाद नै अबको निर्णायक व्यवस्था हुने उनले बताए ।

पार्टीले सरकार सँग बार्ता गर्दा कहि कतै पनी नचुकेको आत्मसमर्पण नभएको र सरकारमा जाने चुनाबमा भाग लिने नभई देश र जनताको न्यापुर्ण समानतामुखी ब्यबस्था स्थापना गर्न जनताका सग सहकार्य गर्दै शान्तिपूर्ण आन्दोलन गर्न बार्ता गरेकोले तिनबुदे सहमति पालन गर्दै अगाडि बढ्ने उनको भनाइ थियो ।

कोणसभा कै क्रममा अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष गणेश क्षेत्री प्रभाकर, पार्टीका जिल्ला कमिटी सदस्यहरुको उपस्थिती रहेको थियो । क. देवको सभाध्यक्षतामा भएको कार्यक्रमको सन्चालन क. प्रभाकले गरेका थिए ।