March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लव बिच भेटवार्ता

प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लव बिच भेटवार्ता

चैत ९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

सोमबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विप्लव र प्रधानमन्त्री बिच भेटवार्ता भएको हो । भेटमा विप्लवले सरकारसँग भएको सहमति अनुसार आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा गर्न ढिला भएको बताएका विप्लव समूहका नेता उदयबहादुर चलाउनेले बताए ।

 


विप्लव समूह र सरकारबीच गत फागुन २० गते नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।

सोमबारको भेटमा विप्लवले उक्त सहमति कार्यान्वयनमा ढिला भएको भनी सरकारको ध्यानाकर्षण गराएका हुन् ।

जवाफमा प्रधानमन्त्री ओलीले नेता कार्यकर्ता रिहाइका लागि आफूहरु लागिरहेको जवाफ दिएका नेता चलाउनेले जानकारी दिए ।