July 16, 2026, Thursday
२०८३ असार ३२, बिहीबार
मत गणना अन्तिम चरणमा, अध्यक्षमा विजयी हुन कुमारलाई ८५ मत आवस्यक

मत गणना अन्तिम चरणमा, अध्यक्षमा विजयी हुन कुमारलाई ८५ मत आवस्यक

चैत १, सल्यान । सल्यान उद्योग बानिज्य संघको नयाँ कार्यसमिति चयनको लागी शनिबार भएको निर्वाचनको मत परिणाम अन्तिम चरण आईपुगेको छ । जम्मा खसेको २ हजार ३ मत मध्ये वेलुका ८ : ३० बजेसम्म कुल १८ सय मत गणना भैसकेको छ ।

 

१८ सय मत गणना हुदा अध्यक्ष पदमा संयुक्त व्यवसायिक प्यानलका उम्मेद्वार कुमार बुढाथोकी जितको नजिक नजिक पुगेका छन । हालसम्म उनले ९ सय १७ मत प्राप्त गरेका छन । अव जितको लागी उनलाई ८५ मत आवस्यक रहेको छ ।

उनका निकटतम प्रतिद्वन्दी प्रगतिशिल प्यानलका उम्मेद्वार राजेन्द्र थापाले ८ सय ४५ मत प्राप्त गरेका छन । कुमार भन्दा राजेन्द्र ७२ मतले पछाडी परेका छन । जितको लागी उनलाई १ सय ५७ मत जरुरी रहेको छ भने अब गणना गर्न २ सय ३ मत मात्रै बाँकी रहेका छन ।

हेर्नुहोस मत परिणाम :