१४ सय मत गणना गर्दा अधिकांश पदमा संयुक्त प्यानलको अग्रता, महासचिवमा पनि मतान्तर घट्दै
चैत ०१, सल्यान । सल्यान उद्याेग वाणिज्य संघकाे नयाँ कार्य समिति चयनको लागी हिजो भएको निर्वाचनमा आइतबार ५:३० बजे सार्वजनिक भएको मत परिणाम अनुसार महासंघको अध्यक्ष लगाएत अधिकांश पदमा संयुक्त प्यानलले अग्रता कायम गरेको छ । कुमार बुढाथोकी नेतृत्वको संयुक्त प्यानलले महासचिव बहेक अन्य पदमा अग्रता कायम गरेको छ ।
१ हजार ४ सय मतगणना गर्दा अध्यक्ष पदमा संयुक्त प्यानलका बुढाथोकीले ७ सय २६ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी प्रगतिशील प्यानलका राजेन्द्र कुमार थापाले ६ सय ४३ मत प्राप्त गरेका छन । त्यस्तै महासचिवमा संयुक्त प्यानलका मोहन सारुले अग्रता लिएका छन । मोहन सारुले ६ सय ८३ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन । उनका प्रतिद्वन्दी संयुक्त प्यानलका रुपक बुढाले ६ सय ६२ मत सहित प्रतिस्पर्धा गरिरहेका छन ।
यस अघि महासंघको उद्योग उपाध्यक्ष पदमा प्रगतिशील प्यानलका शंकर यरीले अग्रता कायम गरेपनि अहिले उनलाई संयुक्त प्यानलका प्रेम कुमार पुनले ६ सय ६७ मत प्राप्त गर्दै पछि पारेका छन । शंकर यरीले ६ सय ५२ मत सहित प्रतिस्पर्धा गरिरहेका छन ।
महासचिव पदमा यस अघि संयुक्त प्यानलका रुपक बुढाको मतान्तर धेरै भएपनि अहिले २१ मतको मात्रै अन्तर रहेको छ । संयुक्त प्यानललाई कांग्रेस, एमाले (केपि समूह) र राप्रपाको साथ रहेको छ भने प्रगतिशील प्यानललाई माओवादी केन्द्र र माधब समुहको साथ रहेको छ । संघको हिजो भएको निर्वाचनमा २ हजार ३ मत खसेकाे थियाे । हेर्नुहोस, मत परिणाम :
प्रतिकृया दिनुहोस्