March 17, 2025, Monday
२०८१ चैत्र ३, सोमबार
निर्वाचन अपडेट : अध्यक्ष पदमा संयुक्त प्यानलका कुमार बुढाथोकीको अग्रता कायमै

निर्वाचन अपडेट : अध्यक्ष पदमा संयुक्त प्यानलका कुमार बुढाथोकीको अग्रता कायमै

चैत ०१, सल्यान । सल्यान उद्याेग वाणिज्य संघकाे नयाँ कार्य समिति चयनको लागी हिजो भएको निर्वाचनमा आइतबार बिहान ११:४६ बजे सार्वजनिक भएको मत परिणाम अनुसार महासंघको अध्यक्ष पदमा संयुक्त व्यवसायिक प्यानलका उम्मेदवार कुमार बुढाथोकीले अग्रता कायमै गरेका छन ।

 

 

८ सय मतगणना गर्दा अध्यक्ष पदमा संयुक्त प्यानलका कुमार बुढाथाेकी ५६ मतले अग्रता लिएका छन । कुमार बुढाथाेकीले ४ सय १८ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन । उनका प्रतिद्वन्दी प्रगतिशील प्यानलका राजेन्द्र कुमार थापाले ३ सय ६२ मत सहित प्रतिस्पर्धा गरिरहेका छन ।

बुढाथोकीलाई कांग्रेस, एमाले (केपि समूह) र राप्रपाको साथ रहेको छ भने थापालाई माओवादी केन्द्र र माधब समुहको साथ रहेको छ ।