दार्मामा वडा कार्यालयको लागि जग्गा दान गरेका व्यक्तिहरूलाइ एक समारोहका बीच सम्मान
फागुण ८, सल्यान । सल्यानको दार्मा गाउँपालिका वडा नं ५ को वडा कार्यालयका लागि जग्गा दान गरेका व्यक्तिहरूलाइ एक समारोहका बीच सम्मान गरिएको छ ।
दार्मा गाउँपालिका वडा नं ५ भोपाल्न निवासी राम बहादुर हमाल र जीम कुमारी हमालले वडा कार्यालयका लागि ३ रोपनी जग्गा प्रदान गरेपछि उनिहरूलाइ सम्मान गरिएको हो।
कार्यक्रममा दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी लगायत वडा अध्यक्ष दुर्गा बहादुर मल्ल र अरु जनप्रतिनिधिहरु, नेकपाका जिल्ला नेता अनन्त शर्मा, दल बहादुर केसी, शेर बहादुर केसी, नेपाली कांग्रेसका नेता कूल बहादुर चन्द, जिल्ला पशु सेवा अस्पतालका डा. कपिल प्रसाद उपाध्याय, शिक्षा शाखा प्रमुख शेर प्रसाद ढकालले बधाई तथा शुभकामना मन्तव्य राख्नु भएको थियो।
कार्यक्रमको अध्यक्षता वडा नं ५ का वडा अध्यक्ष राम बहादुर केसी, संचालन वडा सचिव केशव केसी र स्वागत मन्तव्य वडा सदस्य सुदिप केसीले गरेका थिए। आमा समुह, महिला समुह र सहकारीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति राखेका थिए भने स्थानीय बाजा गाजा र दमाहा नाच प्रस्तुत गरिएको थियो।
प्रतिकृया दिनुहोस्