सल्यानमा विकासको स्पष्ट एजेन्डासहित रमेश मल्लको घरदैलो अभियान तिव्र
सल्यान, ६ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रमेश कुमार मल्लले आफ्नो चुनावी अभियानलाई तीव्रता दिनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट सल्यानबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मल्ल यतिबेला गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त हुनुहुन्छ ।
चुनावी माहोललाई थप उत्साहजनक बनाउँदै मल्लले सल्यान जिल्लाका विभिन्न बस्तीहरूमा पुगेर मतदाताको साथ, सुझाव र आशीर्वाद लिइरहनुभएको छ । यसै क्रममा बनगाड कुपिण्डे नगरपालिका अन्तर्गत पर्ने गर्चे, चिउरा, चौतारा, मैदुपोखरी, भलाखर्क, गैरागाउँ, लाखर, कँराकोट र डुडुवाखोलालगायतका गाउँबस्तीमा चुनावी भेला तथा घरदैलो कार्यक्रम सम्पन्न आज भएका छन् ।
भेलाहरूमा स्थानीयबासीको उल्लेखनीय उपस्थिति रहेको थियो । गाउँघरका ज्येष्ठ नागरिकदेखि युवासम्मको सहभागिताले चुनावी वातावरणलाई थप उत्साहित बनाएको देखिएको छ । कार्यक्रममा बोल्दै उम्मेदवार मल्लले सल्यानको समग्र विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सडक पूर्वाधार विस्तार, स्वास्थ्य र शिक्षाको गुणस्तर अभिवृद्धिलाई आफ्नो मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्तगर्नुभयो ।
गाउँबस्तीमा पुगेका मल्ललाई स्थानीयले फूलमाला, खादा तथा अबिरले स्वागत गरेका थिए । धेरै स्थानमा युवाहरूको उल्लेखनीय सक्रियता देखिएको थियो भने महिलाहरूको सहभागिताले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो । स्थानीयवासीहरूले खानेपानी, सिँचाइ, सडक स्तरोन्नति, स्वास्थ्यचौकी स्तरोन्नति र रोजगारीका विषयमा आफ्ना मागहरू राखेका थिए ।
उम्मेदवार मल्लले प्रत्येक टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष छलफल गर्दै उनीहरूको समस्या सुन्ने र समाधानका लागि प्रतिबद्ध रहने आश्वासन दिनुभएको छ । उहाँले विकासका अधुरा योजनाहरूलाई पूर्णता दिने र नयाँ सम्भावनाहरूको खोजी गरी सल्यानलाई आर्थिक तथा सामाजिक रूपमा सशक्त बनाउने प्रतिबद्धता दोहो¥याउनुभएको छ ।
चुनाव नजिकिँदै जाँदा सल्यानमा चुनावी सरगर्मी बढ्दो छ । उम्मेदवार मल्लको सक्रिय घरदैलो र भेला कार्यक्रमले तारा चिन्हप्रति मतदाताको आकर्षण बढाएको समर्थकहरूको दाबी छ ।
#नेकपा #रमेश मल्ल











प्रतिकृया दिनुहोस्