October 2, 2023, Monday
२०८० आश्विन १६, मंगलवार
नेकपा एमाले बनगाड कुपिन्डे नगरपालिका वडा नं ७ काे वडा कमिटी बैठक सम्पन्न

नेकपा एमाले बनगाड कुपिन्डे नगरपालिका वडा नं ७ काे वडा कमिटी बैठक सम्पन्न

भदौ ०९, सल्यान ।

नेकपा एमाले बनगाड कुपिन्डे नगरपालिका वडा न.७ सल्यानको वडा कमिटी बैठक सम्पन्न भएको छ ।

शनिबार सम्पन्न भएको वडा कमिटी बैठक नेकपा एमाले जिल्ला कमिटी सल्यानका सदस्य एवं वडा इन्चार्ज बिनायक के.सीको प्रमुख आतिथ्यमा बैठक आयोजना गरिएको थियोे । बैठकमा नगर कमिटी उपसचिव प्रकाश बस्नेत, वडा कमिटीका अध्यक्ष ताेलाराम बस्नेत र वडाका अन्य पदाधिकारीकाे उपस्थिति रहेको थियो ।

बैठकले स्थानीय नयाँ जनप्रतिनिधि आए पश्चात् राम्रो कामकाे लागि सहयोग समर्थन र नकारात्मक कामकाजको खुलेर विराेधको साथै जनता माझ पुगेर खबरदारी समेत गर्ने जनाएको छ ।

वडा भित्र नेकपा एमालेको संगठन सुदृढीकरण, सदस्यता नवीकरण वडामा अहिलेको सरकारले गरेका राम्रा नराम्रा पक्षको विषयमा पनि जोडदार छलफल गरेको वडा सचिव कृष्ण विसिले जानकारी दिनु भएको छ । वडा ७ काे मैदुपोखरिमा भएको कार्यक्रम वडा कमिटी पदाधिकारीहरुकाे उपस्थिति रहेको थियोे । वडामा पार्टीका गतिविधिहरु बढाउने र  वडा सरकार हुदै नगर सरकारका गतिविधिहरु एमालेले नियालिरहेकाे समेत वताएकाे छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज