March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
सल्यानमा प्रभावकारी बन्दै एमालेको ‘मिसन ग्रासरुट’

सल्यानमा प्रभावकारी बन्दै एमालेको ‘मिसन ग्रासरुट’

 

चैत ०९, सल्यान । पार्टी कार्यकर्ताको गुनासो सुन्न र अन्तरक्रिया गर्नका लागि नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट सल्यानमा प्रभावकारी देखिएको छ ।

जिल्लाको १० वटै स्थानीय तह स्थित गाउँवस्तीमा एमालेका केन्द्रीय प्रतिनिधीहरु खटिएका छन् । यसअघि चुनावको बेलामा मात्रै नेता कार्यकर्ता गाउँ घुम्ने परिपाटी भएकोमा अहिले पार्टीले चलाएको यस अभियानले कार्यकर्तामा उत्साह पैदा गरेको एमाले सल्यानले जनाएको छ ।

मिसन ग्रासरुटका लागि सल्यानमा ६ जना केन्द्रीय प्रतिनिधीहरु खटिएको एमाले सल्यानका सचिव ओज बहादुर बुढाथोकीले जानकारी दिए । छत्रेश्वरी र त्रिवेणी गाउँपालिकामा बदमी वोहरा बुढा, शारदा र बनगाड कुपिण्डे नगरपालिकामा विर बहादुर बम, कपुरकोट गाउँपालिकामा राम प्रसाद बराल र कालिमाटी गाउँपालिकामा चुडामणी शर्मा पार्टीको केन्द्रीय कमिटीबाट खटिएका छन् । यस्तै कुमाख र सिद्धकुमाख गाउँपालिकामा ठम्मर विष्ट, बागचौर नगरपालिका र दार्मा गाउँपालिकामा मोहन वानीयालाई पार्टीले खटाएको छ ।

पार्टीको प्रभावलाई विस्तार गर्न तथा पार्टीलाई अनुशासित र एकताबद्ध बनाउन अभियानले राम्रो भुमिका खेल्ने एमालेको विश्वास छ । अभियान अन्तरगत वस्तीस्तरका कार्यक्रम र भेलाहरुमा स्थानीयहरुले पार्टीका नेता कार्यकर्तालाई नियमित रुपमा जनतासंग सम्पर्कमा रहन सुझाव दिनेगरेको एमाले सल्यानका सचिव बुढाथोकीले बताए ।

जिल्ला तथा प्रदेशका नेताहरुलाई आफुहरुले फोन गरेको बेला उठाउन, पार्टी कमिटीका बैठकहरु नियमित राख्न, आफ्ना सुखदुखमा साथ दिन स्थानीयहरुले आग्रह गर्नेगरेको अभियानमा खटिएका प्रतिनिधीहरु बताउँछन् ।

?

पार्टी सदस्यता नविकरण, विस्तार तथा टोल कमिटीलाई चलायमान बनाउनका लागि अभियान बढी केन्द्रीत रहेको एमाले सल्यानले जनाएको छ । जनस्तरमा प्रभावकारी देखिएको एमालेको मिसन ग्रासरुट मार्फत समाजमा राम्रो सम्भावना भएका युवाहरु र सम्भावनायुक्त अन्य व्यक्तिहरुलाई पनि पार्टीमा सामेल हुन प्रेरित गर्नेगरेको जिल्ला सचिव बुढाथोकीले जानकारि दिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज