December 8, 2023, Friday
२०८० मंसिर २२, शुक्रबार
रवि लामिछानेको पहिलो निर्णय : निर्मलाको न्यायकोलागी अधिकतम पहल गर्ने

रवि लामिछानेको पहिलो निर्णय : निर्मलाको न्यायकोलागी अधिकतम पहल गर्ने

पुस ११, काठमाडौं ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् ।

उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिए ।