February 23, 2024, Friday
२०८० फाल्गुन ११, शुक्रबार
शीतल निवासमा ८ मन्त्रीले शपथ लिँदै : रविलाइ गृह मन्त्रालय

शीतल निवासमा ८ मन्त्रीले शपथ लिँदै : रविलाइ गृह मन्त्रालय

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा ८ जना मन्त्रीले शपथ लिने भएका छन्। ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने शपथग्रहण कार्यक्रममा ८ मन्त्रीले शपथ लिने भएका हुन्।

नेकपा माअ‍ोवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूले रोजेको नपाउने भएका छन्। सुरुमा गृह नभए परराष्ट्र मन्त्रालयमा दाबी गरेका श्रेष्ठलाई भौतिक मन्त्रालय दिइएको हो।

प्रचण्डका स्वकिय सचिव रमेश मल्लले ८ जनाले शपथ लिने जानकारी दिए। उपप्रधानमन्त्रीमा एमालेका विष्णु पौडेल, श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने रहेका छन्। रविले गृह तथा नारायणकाजीले भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालय पाउने भएका छन्। अन्य मन्त्रीहरूको मन्त्रालय तोकिएको छैन।

शपथका लागि पठाइएको नाममा एमालेबाट ४,  माओवादीबाट २, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १ जना तथा जनमत पार्टीबाट १ जना मन्त्री बन्दैछन्।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज