January 16, 2025, Thursday
२०८१ माघ ३, बिहीबार
राहादानी बिभाग अनुगमनमा पुगे गृहमन्त्री रवि लामिछाने

राहादानी बिभाग अनुगमनमा पुगे गृहमन्त्री रवि लामिछाने

पुस १३, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको अनुगमनमा पुगेका छन् ।

बुधबार दिउँसो उनी त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेका हुन् ।

उनले सेवाग्राहीहरुलाई छिटो र छरितो सेवा दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले सेवाग्राहीहरुसँग राहदानी लिँदा भोग्नुपरेको समस्याको बारेमा जानकारी लिएका थिए ।

पछिल्लो समय सर्वसाधारणले सेवा लिन लामो लाइन लाग्नुपर्ने कार्यालयमध्ये राहदानी विभाग पनि एक हो ।

मन्त्रिपरिषदको पहिलो बैठकले सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो ।