September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार
छत्रेश्वरीको १२ औं गाउँ सभा सम्पन्न : निति,कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

छत्रेश्वरीको १२ औं गाउँ सभा सम्पन्न : निति,कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

असार ०९, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकाको १२ औं गाउँसभा तथा बजेट अधिवेशन सम्पन्न भएको छ । बिहिबार गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीको अध्यक्ष्यतामा भोटेचौरमा गाउँसभा सम्पन्न भएको हो ।

सभाले आगामी आर्थिक बर्ष २०७९-८० को लागी अध्यक्ष ओज बहादुर बुढाथोकीले प्रस्तुत गरेको बार्षिक निति तथा कार्यक्रम र उपाध्यक्ष बुद्धा केसीले प्रस्तुत गरेको बजेट वक्तव्य सर्वसम्मतिले पारित गरेको छ ।

सदस्यहरुले दिएका सुझावहरु समेट्ने गरि सैद्धान्तिकरुपमा बार्षिक निति, कार्यक्रम र बजेट पारित भएको गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतले बताए ।

गाउँसभाले आगामी आवको लागी कुल ४९ करोड, ५१ लाख, ६२ हजार, ४ सय ९४ रकमको बजेट पारित गरेको छ ।

तस्विरहरु :

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज