July 14, 2024, Sunday
२०८१ असार ३१, आईतवार
स्वतन्त्र पत्रकार संघको स्थापना दिवसको अवसरमा तुलसीपुर बसपार्क सरसफाइ

स्वतन्त्र पत्रकार संघको स्थापना दिवसको अवसरमा तुलसीपुर बसपार्क सरसफाइ

२४ फागुन, दाङ ।
स्वतन्त्र पत्रकार संघ नेपालको ११ औं स्थापना दिवसको अवसरमा दाङको तुलसीपुर बस पार्कमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

स्वतन्त्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजनामा
आफ्नो ठाउँलाई आफै सफा राखौ भन्ने उद्देश्यले बसपार्क सरसफाइ गरिएको संघले जनाएको छ ।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष जित सागर जि एम ले सार्वजनिक स्थलमा हुने फोहर व्यस्थापनमा कसैको ध्यान नपुगेको भन्दै सचेतना दिनको लागि सरसफाइ कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

उहाँले एक व्यक्ति, एउटा संघ संस्था मात्रै यस्ता काममा लागि राख्नु भन्दा पनि आगामी दिनमा फोहर व्यवस्थापनमा आम नागरिकको ध्यान जाओस भन्ने आसाले सरसफाई कार्यक्रम मार्फत सन्देश दिन खोजेको बताउनुभयो ।

कार्यक्रममा संघका उपाध्यक्ष पुरुषोतम अधिकारीले बसपार्क क्षेत्रमा धेरै फोहर हुने भएकाले हप्ता हप्तामा सबै मिलेर सरसफाई गर्न आवश्यक रहेको बताउनुभयो । आफु बस्ने स्थान आफै सफा गर्ने र सरसफाइ सबैका लागि राम्रो कुरा भएकाले बिशेष ध्यान दिन सबैमा आग्रह गर्नु भएको छ ।

 

त्यस अवसरमा नेपाल यातायत स्वतन्त्र मजदुर संगठन दाङका अध्यक्ष केशवबहादुर भण्डारीले राम्रो काम गरेकोमा धन्यवाद ज्ञापन गर्नु भएको हो । बसपार्क सरसफाइमा एक जना मात्र लागेर सफल नहुने भन्दै उहाले आजको कार्यक्रमले सबैमा सकारात्मक सन्देश दिएको बताउनुभयो ।

स्वतन्त्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजना तथा तुलसीपुर उपमहानगरको सहकार्यमा भएको कार्यक्रमको सहजीकरण स्वतन्त्र पत्रकार संघ दाङका सचिव बसन्त पौडेलले गर्नु भएको हो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज