June 24, 2024, Monday
२०८१ असार ११, सोमबार
तुलसीपुरमा स्थगित भएको महोत्सव संचालनमा आउने

तुलसीपुरमा स्थगित भएको महोत्सव संचालनमा आउने

मंसिर २३, दाङ ।

दाङको तुलसीपुरमा महोत्सव सञ्चालन हुने भएको छ ।

यस अघि मंसिर १५ गतेदेखि सञ्चालन हुने भनिएको महोत्सब उद्योग बाणिज्य संघ तथा चेम्बर अफ कमर्सको बिरोधपछि स्थगित भएको थियो ।

युथ्स अफ तुलसीपुरको आयोजनामा फेरि सम्बन्धित निकायबाट अनुमति लिएर महोत्सब आयोजना गरिएको हो ।

मंसिर २५ गतेदेखि पुस ६ गतेसम्म प्रथम लुम्बिनी प्रदेशस्तरिय कृषि तथा पर्यटन महोत्सब २०७९ सञ्चालन हुनेछ ।

महोत्सवमा २ सय बढि स्टल रहनेछन् । स्टर कृषि, पर्यटनसहित स्थनीय स्तरका ब्यबसायीहरुको लागि स्टल राखिनेछ । तुलसीपुरका ब्यबसायीलाई असर नपर्ने गरी स्टल ब्यबस्थापन गरिएको सस्थाका अध्यक्ष अरुण लहरेले पत्रकार सम्मेलन गरि जानकारी दिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज