May 15, 2024, Wednesday
२०८१ जेष्ठ २, बुधबार
तुलसीपुर उपमहानगरपालिकाको गेटमा मेयर हराएको सुचना

तुलसीपुर उपमहानगरपालिकाको गेटमा मेयर हराएको सुचना

मंसिर २५, दाङ ।

दाङको तुलसीपुर उपमहानगरपालिकाको गेटमा ‘मेयर’ हराएको सूचना टाँसिएको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघले आइतबार गेटमा मेयर हराएको सूचना टाँसेका हो ।

संघले तुलसीपुरमा आजदेखि सुरु भएको महोत्सवको विरुद्धमा दिनभर गेटमा धर्ना दिएका थिए। उपमहानगरपालिकाको मुख्य गेटमा पनि तालाबन्दी गरे । तर, पनि मेयर टीकाराम खड्का दिनभर उपमहानगरपालिकामै नआएपछि टोलीले गेटमै मेयर हराएको सूचना भन्दै पेन्ट गरेको छ ।

मेयरलाई भेट्टाएमा फोन गर्नुहोला भनी नम्बर पनि दिइएको थियो । उपमहानगरपालिका कार्यालय दिनभर बन्द हुँदा सेवाग्राही मर्कामा परेका थिए ।

तुलसीपुरमा युथ अफ क्लब तुलसीपुरले आइतबारदेखि महोत्सव सुरु गरेको छ। उक्त महोत्सव पुस ६ गतेसम्म सञ्चालन हुनेछ । तर, उद्योग वाणिज्य संघले महोत्सव अवधिभर उपमहानगरपालिका कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

संघले उपमहानगरपालिकाको असक्षम निर्णयका कारण महोत्सवको विषयमा विवाद उत्पन्न भएको संघका महासचिव बिनिल केसीले बताए । उपमहानगरपालिकाले दोहोरो चरित्र देखाउँदा विवाद सिर्जना भएको उनले बताए ।

मंसिर १५ गते दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्कासहितको सहभागितामा भएको सर्वपक्षीय बैठकले ४ बुँदे सहमति गरेको थियो।

जसको दोस्रो नम्बर बुँदामा युथ अफ तुलसीपुरले महोत्सव पुनः लगाउन चाहेमा उद्योग वाणिज्य संघ र चेम्बरको सूचीअनुसार मात्रै व्यापारिक स्टल राख्न सकिने भन्ने सहमति थियो । त्यो सहमति कार्यान्वयन नभएको भन्दै संघले आन्दोलन गरेको हो । संघले व्यावसायिक कर, फोहोर व्यवस्थापन कर केही पनि नतिर्ने निर्णय गरेकोसमेत केसीले बताए ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज