April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
तुलसीपुरको  वीरेन्द्र चोकमा पूर्व राजा वीरेन्द्रको शालिक उभियो

तुलसीपुरको वीरेन्द्र चोकमा पूर्व राजा वीरेन्द्रको शालिक उभियो

१४ चैत्र , तुलसीपुर ।

दाङको तुलसीपुरमा पूर्व राजा वीरेन्द्र शाहको शालिक राखिएको छ ।

सोमबार पूर्वराजा वीरेन्द्रको अर्धकदको शालिक राखिएको तुलसीपुर उपमहानगरपालिका ५ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले जानकारी दिए ।

शालिक राखिएको ठाउँलाई यस अघि पनि वीरेन्द्र चोकको नामले चिन्ने गरिन्थ्यो । यस अघि वीरेन्द्रको शालिक हटाएपछि कतिपयले गणतन्त्र चोक पनि भन्ने गरेका थिए ।

शालिक ललतिपुरबाट २ लाख ५० हजार रुपैयाँमा किनेर ल्याएको वडा अध्यक्ष शाहले बताउनुभयो । अध्यक्ष शाहका अनुसार शालिक ल्याउनका लागि विभिन्न व्यक्तिहरुले सहयोग गरेको र त्यो केहि दिनभित्र सार्वजनिक गरिने भएको छ ।

जनआन्दोलन २०६२/६३ मा आन्दोलित तत्कालिन नेकपा  माओवादीले पूर्व राजा वीरेन्द्रको शालिक तोडफोड गरेर हटाएका थिए ।

यसैबीच वडा अध्यक्ष शाहले शालिक राख्नका लागि, स्थानीय प्रशासन, राजनीतिक दल, पत्रकार सबैको सहयोगी भूमिका रहेको भन्दै धन्यवाद समेत दिनुभएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज