December 8, 2023, Friday
२०८० मंसिर २२, शुक्रबार
तुलसीपुरका यी स्थानमा शनिबार विद्युत सेवा अवरुद्ध हुने

तुलसीपुरका यी स्थानमा शनिबार विद्युत सेवा अवरुद्ध हुने

असोज १२, दाङ ।

शनिबार तुलसीपुरका ८ स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

शुक्रबार एक सूचना जारी गर्दै नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले शनिबार बिहान १० बजेदेखी साझ ५ बजेसम्म तुलसीपुरका गुम्रहाचोक, एयरपोर्ट, अटो भिलेज, गोलौरा, दमारगाउँ, डाडाखुटी, कृष्ण मन्दिर र चौलाइ क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने बताएको हो ।

उल्लेखित स्थानका विद्युत लाइन वरिपरिका रुखका हाङ्गा तथा रुखहरु काट्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुन लागेको हो । उक्त कार्य सम्पन्न भएमा निर्धारित समय अगाडि नै विद्युत लाइन सुचारु गरिने प्राधिकरणले जानकारी दिएको छ ।