December 10, 2024, Tuesday
२०८१ मंसिर २५, मंगलवार
वातावरण दिवसको अवसर पारेर कुपिण्डे ताल सरसफाइ

वातावरण दिवसको अवसर पारेर कुपिण्डे ताल सरसफाइ

दुर्गा विसि – सल्यान ।

सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकाकाे वडा ८ मा रहेको प्रसिद्ध कुपिण्डे ताल परिसरमा सरसफाइ गरिएको छ ।

‘प्लास्टिक प्रदुषण विरुद्ध लागौं’ भन्ने मान्यताका साथ सोमबार वातावरण दिवसको अवसरमा ताल सरसफाइ गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख कर्ण वहादुर वुढाथाेकि, प्रमुख प्रशासकिय अधिकृत जगत घर्ती, वडा अध्यक्ष कुलवहादुर पुरी, ६ नं वडा अध्यक्ष गणेश विसि, लेखा अधिकृत दिनेश भण्डारी, प्राविधिक शाखा प्रमुख महेश देवकोटा, स्वास्थ्य शाखा संयोजक वासुदेव पोख्रेल, घनश्याम विसि, सुरक्षा कर्मि, याेग पतञ्जलि समितिका जिल्ला तथा स्थानीय प्रतिनिधिका साथै योग गुरु वसन्त कुमार शर्मा, शिव वहादुर वलि, दिवाकर यरि, दिपक यरि, व्यापारी, पत्रकार, शिक्षक, विद्यार्थी, स्थानीयहरुकाे सहभागीता रहेको थियोे ।

यतिखेर ताल वरपर फाेहर तथा वरिपरि सडकहरु उत्तखन्नले तालकाे शाेभा हराउँदै जान थालेकामा सराेकारवालाहरुले चिन्ता समेत जाहेर गरेका छन् ।

ताल वरिपरि सडक उत्खनन गरेकाेमा जिम्मेवार निकायकाे तर्फबाट नगर प्रमुख कर्ण वहादुर वुढाथाेकिले माफि समेत माग्नु भएको छ । ताल संरक्षण तथा प्रवर्द्धनको लागि नगरपालिकाले नीति तयारी गर्दै गरेको र सबै यस बिषय कार्यविधिबाट सञ्चालन हुने जनाउनु भएको छ ।

कुपिण्डे ताल सरसफाइ तथा यसकाे संरक्षणमा सहयोग पुग्ने हेतुले सचेतना दिने काम गरिएको छ । ताल वातावरण दिवसको अवसर पारेर कुपिण्डे ताल सरसफाइ आखा पखेरा वरिपरि सडक उत्खनन गर्दा पुरिदै गएको तालमा वातावरण दिवस मानाउन पुगेका सराेकारवाला निकायहरुले चिन्ता र चासो व्यक्त गरेका छन् ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज