October 2, 2023, Monday
२०८० आश्विन १६, मंगलवार
कुपिण्डे तालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

कुपिण्डे तालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

मंसिर ३, सल्यान । सल्यानको कुपिण्डे तालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका – ८ मा रहेको तालमा पौडी खेल्ने क्रममा सोही नगरपालिका वडा नं ०८, आगरनेटाका ८ वर्षीय रमेश सुनारको डुबेर मृत्यु भएको हो ।

शुक्रबार दिउँसो साथीहरूसँग पौडी खेल्न जाँदा तालमा डुबेको र मृत अवस्थामा बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए ।

पूर्णिमाको अवसरमा आज तालमा मेला लागेको र उक्त मेला हेर्न उनी आएका थिए । घटनाको थप अनुसन्धान अघि बढाइएको सूचना अधिकारी पौडेलले बताए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज