March 25, 2025, Tuesday
२०८१ चैत्र १२, बुधबार
विचौलियाहरुको कब्जामा कुपिण्डे ताल

विचौलियाहरुको कब्जामा कुपिण्डे ताल

दुर्गा विसि / कार्तिक २८, सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ८ मा रहेको कुपिण्डे तालबाट उठ्ने लाखौं राजश्व विचौलियाको पकेटमा जाने गरेको छ । राजश्व संकलनको लागी समयमै टेण्डर नगरेका कारण कुपिण्डे तालबाट आन्तरिक तथा वाह्य पर्यटकहरु बाट उठ्ने लाखौं रकम अनियमितता हुने गरेको हो।

तालमा सञ्चालित ढुंङगाहरुले चर्का रुपमा रकम असुली गरिरहेका छन् । बनगाड कुपिण्डे नगरपालिकाले अहिलेसम्म तालको रेखदेख र तालबाट उठ्ने राजश्व आफ्नो अधिनमा लिन सकिरहेको छैन । कुपिण्डे तालमा आउने पर्यटकहरुले चढाउने भेटि देखि मन्दिरमा बलि चढाएका वोका, साँडाका टाउका समेत व्यक्तिका घरमा जाने गरेका छन् ।

कुपिण्डे ताल सयरका लागि प्रयोग हुने डुङ्गा व्यवसायीले कर नतिरी ताललाइ निजिकरण गरेका छन् । पछिल्लो समय सरकारी अनुदानमा सञ्चालित र्याफ्टिङ डुंगा सञ्चालक र काठका डुंगा सञ्चालक विच विवाद चर्किएको छ ।

वोटिङ डुंगा सञ्चालक शंकर यरीले काठका डुंगा सञ्चालक धनसिंह गोसाइँ लगाएतको समुहले आफ्नो बोर्टिङ चोरि गरि उक्त डुंगा लुकाएको आरोप लगाए भने उक्त कार्यमा वडा अध्यक्ष कुलवहादुर पुरीको समेत संलग्नता रहेको वताए ।

डुंगा व्यवसायीक यरीले तालमा बोर्टिङ विगत लामो समय देखि कुपिण्डे ताललाइ निजिकरण र आफ्नो मात्रै सम्पत्ति ठान्नेहरुले चोरी गरेको वताए । कुपिण्डे ताल संरक्षणका नाममा खुलेका संस्थाले हालसम्म ताललाइ लुटि खाने भाडो वनाएका छन् । मन्दिरको भेटि देखि तालको पानी, वालुवामा समेत ठुलो भ्रष्टाचार गरिरहेको उनको आरोप छ ।

तर वडा अध्यक्ष कुल वहादुर पुरीले भने कर्णाली प्रदेश सरकारको आ।व।२०७७र०७८ को बार्षिक कार्यक्रम अन्तरगत कुपिन्डे ताल पर्यापर्यटनको लागि ३ वटा डुंगा खरिदका लागि ५० पचास लाख विनियोजन गरि तीन वटा र्याफ्टिङ डुङ्गा खरिद गरिएको जनाए । उक्त कुपिन्डे तालको पर्यटन विकासमा टेवा पुरयाउन सरकारि स्रोत बाट किनिएको डुङ्गा बनगाड कुपिन्डे नगरपालिका वडा न. १ बस्ने शंकर यरीले आफ्नो निजि लगानीमा किनेको र मेरो निजि डुङ्गा हो भन्दै कुपिन्डे ताल संरक्षण समिति, डुङ्गा व्यवसायी समिति, स्थानीय सरकार, कसैसंग पनि समन्वय नगरी जबर्जस्ति विभिन्न धम्की देखाउदै ३ महिना अगाडी देखि हाल सम्म डुङ्गा चलाउदै आएको कुरा आफ्नो फेसबुक वालमा सार्वजनिक गरेका छन् ।

तालमा पहिला देखि नै डुङ्गा चलाउदै आईरहेको डुङ्गा व्यवसायीहरूले पटक पटक समन्वय गरौ, सहकार्य गरौं अनि चलाउ भन्दा पनि मैले आफुले लाखौं रकम खर्च गरेर ल्याएको डुङ्गा हो भन्दै जबर्जस्ति गरेपछि डुङ्गा व्यवसायिहरुले सहजीकरणको निमित्त डुङ्गामा तालबन्दी गरेको कुरा स्विकारे ।

वडा अध्यक्ष पुरीले यसरी तालको विकासको लागी सरकारले छुट्याइएको बजेट हिनामिना गरि यरीले व्यक्तिगत प्रयोजन गर्दै हाल आफ्नो समेत नाम जोडेर चोरीको आरोप लगाई सामाजिक संजालमा राख्दा गम्भीर ध्यानाकर्षण भएको समेत खुलाएका छन् । डिभिजन बन कार्यालय सल्यान र निज शंकर यरीको मिलेमतोमा सरकारी डुङ्गा निजीकरण गरिएको समत आरोप रहेको छ ।

कुपिन्डे तालमा भएको उक्त अनियमितता तथा व्यापक भ्रष्टाचारको छानबिन गर्न सम्बन्धित निकायलाई माग गरिएको छ । यता बनगाड कुपिण्डे नगरपालिका भने यो विषयमा वेखबर वनेको छ । कुपिण्डे ताल संरक्षणका नाममा खुलेको संस्थाले नै अनियमित गरेको अन्य सर्वसाधारण नागरिकको भनाइ रहेको छ । संरक्षण होइन झन कुरुप वनाउने,सरकारी अनुदान हिनामिना गर्ने काम भएको स्थानियको भनाई रहेको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज