११ बर्षिय बालिकाको बलत्कार पछि हत्या
१३ फागुन , मोरङ । मोरङमा एक ११ बर्षिय बालिकाको सब फेला परेको छ। २ दिन अघि देखि बिद्यालयबाट घर फर्कने क्रममा हराएकी लेटाङ नगरपालिका ८ मोरङ जाते ज्यामिरेकी करुणा राईको बलात्कार पछि हत्या गरिएको अवस्थामा आज बिहान स्थानिय जंगलमा शब फेला परेको हो ।
प्रहरीले आज बिहान स्थानिय शिबशक्ती सामुदायिक बनमा शब फेला पारेको हो ।
प्रहरीले लास लाई पोस्टमार्टमका लागि लानेक्रममा स्थानिय बासी तथा बिद्यार्थिहरुले करुणाको न्याय माग्दै बाटो छेकेर आन्दोलन गरिरहेका थिए ।
आन्दोलनमा दोषिलाई आजै सार्बजनिक गर्न माग गरेका छ्न, भने करुणाको परिवारलाई क्षतिपूर्ति दिन समेत माग गरेका छन ।
बलत्कारीलाइ फाँसी दिनुपर्ने आन्दोलरत पक्षको माग छ ।
प्रतिकृया दिनुहोस्