July 15, 2024, Monday
२०८१ असार ३२, सोमबार
एमाले सल्यान अधिवेशन :  स्वयंसेवकहरुले गरे, कार्यक्रम स्थल टुडिखेल सरसफाई (तस्विरहरु)

एमाले सल्यान अधिवेशन : स्वयंसेवकहरुले गरे, कार्यक्रम स्थल टुडिखेल सरसफाई (तस्विरहरु)

पौष २४, सल्यान । नेकपा (एमाले) सल्यानको नवौं जिल्ला अधिबेशनको उद्घाटन समारोह भव्यतापूर्वक सम्पन्न भएको छ । शुक्रबार सदरमुकाम खलंगाको टुडिखेलमा भव्यता पूर्वक उद्घाटन समारोह सम्पन्न भएको हो ।

कार्यक्रम सम्पन्न भएपछि नेकपा एमालेका स्वयंसेवकहरुले कार्यक्रम स्थल टुडिखेल मैदानमा भएको फोहोर सरसफाई गरेका छन । कार्यक्रम स्थलमा भएका कागजका टुक्रा, पानीका बोतल, प्लास्टिक डोरी जस्ता फोहोर स्वयंसेवकहरुले बटुलेर जलाएका हुन ।

एमाले जिल्ला अध्यक्ष गोविन्द पुनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी एमाले पोलिटब्युरो सदस्य तथा एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाह लगायत एमाले प्रदेश कमिटी सदस्य तथा पुर्व जिल्ला पार्टी अध्यक्ष लोक बहादुर डांगी, प्रदेश कमिटी सदस्यहरु मनोज प्रधान, तिलक मल्ल क्षितिजले मन्तव्य राखेका थिए ।

पार्टिका प्रदेश सदस्य तथा जिल्ला उपाध्यक्ष भिम बहादुर सेनको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन समारोहको संचालन जिल्ला कमिटी उपसचिव दान बहादुर केसीले गरेका थिए ।

एमाले सल्यानको जिल्ला अधिवेशनमा सल्यानका मौलिक सांस्कृतिक प्रस्तुतिहरुलाई पनि स्थान दिइएको थियो । दार्मा गाउंपालिकाको मयुर नाच, सिद्ध कुमाख गाउंपालिकाको बनगाडी टप्पा, त्रीवेणिको सोरठी र अन्य सांस्कृतिक प्रस्तुति राखिएको थियो ।

बन्द सत्र शनिबार जिल्ला समन्वय समितिको हलमा हुने बताईएको छ ।

तस्विरहरु :

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज