May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
दार्मा गापा द्वारा २ सय ४ जना जेष्ठ नागरिक र ७६ जना गर्भवतीहरुको निशुल्क स्वास्थ्य परिक्षण

दार्मा गापा द्वारा २ सय ४ जना जेष्ठ नागरिक र ७६ जना गर्भवतीहरुको निशुल्क स्वास्थ्य परिक्षण

असार १८, सल्यान । सल्यानको दार्मा गाउँपालिकाले २ सय ८० जना भन्दा बढी नागरिकको निशुल्क रुपमा स्वास्थ्य परिक्षण गरेको छ ।

गाउँपालिकाले चार दिन सम्म संचालन गरेको निःशुल्क स्वास्थ्य शिविर बाट २ सय ४ जना जेष्ठ नागरिक र ७६ जना गर्भवती महिलाहरु गरेर २ सय ८० जना गाउँपालिका बासी नागरिक हरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको दार्मा गाउँपालिका सल्यानले जनाएको छ ।

जनतालाई घरआगनै सेवा प्रवाह गर्ने उद्वेश्यले संचालन गरिएको निशुल्क स्वास्थ्य शिविरले आर्थिक रुपमा कम्जोर रहेका परिवारलाई राहत भएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए ।

उनले भिडियो एक्सरे गर्न जिल्ला अस्पताल सल्यान यात रुकुमको चौरजहारी जानू पर्ने बाध्यता गाउँपालिकाका जनतामा रहेको र बर्षादका कारण जनताले दुख्ख पाउदै आएकाले उक्त समस्याको समाधान गर्न उक्त निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको बताए । अध्यक्ष केसीले आगामी दिनहरुमा यस्ता खाले कार्यक्रम लाई निरंतरता दिने बताएका छन् ।

पहिलो दिन सोमबार स्वास्थ्य चौकी भल्चौरमा गरिएको शिविरमा ६० वर्ष माथिका ३७ जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण र ६ महिना पुगेका १४ जना गर्भवती महिलाको अल्ट्रासाउड गरिएको थियो भने,ढाकाडाम स्वास्थ्यचौकीमा ४३ जना जेष्ठ नागरिक र १८ जना गर्भवती महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।

यस्तै दार्माकोट स्वास्थ्य चौकीमा ३८ जना जेष्ठ नागरिक २२ जना गर्भवती महिला र दार्मा आधारभुत स्वास्थ्य सेवा तथा प्रसुती केन्द्र दार्मा ३ थुम्केसल्लीमा ८६ जना जेष्ठ नागरिक र २२ जना गर्भवती महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतले जानकारी दिएका छन् ।

गर्भवती महिलाहरुको लागी निशुल्क ग्रामीण अल्टासाउन्ड, भिडियो एक्सरे गरिनुका साथै जेष्ठ नागरिकहरुको सुगर, प्रेसरको जाँच तथा निःशुल्क औषधी वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख बस्नेतले जानकारी दिए ।

स्वास्थ्य शिबिरमा दार्मा गाउँपालिका का ३७ जना नागरिकमा एन्टिजेन परिक्षण गरिएको छ जस अन्तर्गत ९ जनामा कोरोना पोजेटिभ देखिएको डाक्टर अनिष महतोले बताएका छन् ।कोरोना पोजेटिभ बिरामीको अवस्था सामान्य रहेकाले उनिहरुलाई होम आइशोलेसनमा राखिएको डाक्टर महतोले बताएका छन् ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज